साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध जोडी

न छन् चोरी ढाँटी छैन हो लोभ पाप न छन् भ्रष्टाचारी न्यायको छैन ताप हिँडेका छन् रोजै मार्ग सोझो नमोडी खुदै बोल्ने चल्ने ईश हुन् वृद्ध जोडी॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे”:

धरा हो नेपाली स्वर्गको राजधानी
यहीँ देवी द्यौता बस्दछन् बास छानी
सदाचारी बन्दै धर्म आफ्नो नछोडी
बसेका छन् उच्चो स्थानमा वृद्ध जोडी॥१

सकेको जे जस्तो काममा व्यस्त हुन्छन्
हुँदा इच्छा पूरा व्योमको जून छुन्छन्
पछिल्लो पुस्ताको भाग्य रेखा नतोडी
कहानी मायाको लेख्दछन् वृद्ध जोडी॥२

यिनैले हाँकेको भव्य हो यो गृहस्थी
यसैमा गर्दैछन् आज सन्तान मस्ती
सधैँ नै तेजश्वी कर्मको खाल ओढी
बसेका देखिन्छन् सत्यमा वृद्ध जोडी॥३

छ यो स्वर्गैजस्तो थात आफ्नो बनेको
सबै मान्छन् छोरा बात राम्रो भनेको
बनेका छन् माली प्रेमको फूल गोडी
सहारा हुन् आफ्ना वंशका वृद्ध जोडी॥४

न छन् चोरी ढाँटी छैन हो लोभ पाप
न छन् भ्रष्टाचारी न्यायको छैन ताप
हिँडेका छन् रोजै मार्ग सोझो नमोडी
खुदै बोल्ने चल्ने ईश हुन् वृद्ध जोडी॥५

०००
चा. ना. पा.-३, दुबुलाँपू, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
0
Would love your thoughts, please comment.x
()
x