साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कतिसम्म सुरा

काम चाहिँ कम गर्ने बढी गर्ने कुरा सपना मात्रै देखेर हुन्न रहर पूरा गफै मात्र लडाउनेको ठुलाठुला कुरा छुरा रोपी मान्छे ढाल्ने कतिसम्म सुरा ।

Nepal Telecom ad

अमृत अधिकारी :

केही काम नगर्दानि कस्ले पिट्छ ताली
जति राम्रो गर्दा पनि किन आउँछ गाली
वसन्तमा हरियाली आन्दोलनमा र्‍याली
चुनाव आए मात्रै यहाँ पिट्ने गर्छन् झ्याली

ढिला आए कडा चाँडै गए लफडा
ठुलाबडा हरुलाई खै त नियम कडा
कमजोर पाए निहुँ खोजि सधैं गर्छ झगडा
बलियाहरुको खुट्टा तानि बन्न खोज्छ तगडा

मनमा पिर नभएनि खोज्छ तारेभिर
सिधा बाटो हिँडे पनि ठाडो हुन्न शिर
आज टरे भोलीको किन लिन्थ्यो पिर
घरमा खाने पिठो छैन खान खोज्छ खिर

अरु अघि लाएर आफू पछि पर्ने
बामे सर्ने बच्चा पनि एक्लै अघि सर्ने
झुटो कसम खानेहरु धनको पछि गिर्ने
हिजो खाको सब्ले बिर्से आज कस्ले तिर्ने

माथि माथि हेरेर लहराले बेर्छ
स्वार्थ मात्रै हेर्नेले खान पाए टेर्छ
जे आयो त्यै गर्छ सधैं बोली फेर्छ
जस्तो पर्छ तेस्तै टर्छ भोलि कस्ले हेर्छ

खान पाए भुँडी अनि खल्ती दुबै भर्ने
घर बनाउने ऋण लिई छानो मात्रै फेर्ने
तिर्नु परे पराई पनि तराईतिर सर्ने
लिन पाए सिङ्गो नेपाल आधाआधा गर्ने

काम चाहिँ कम गर्ने बढी गर्ने कुरा
सपना मात्रै देखेर हुन्न रहर पूरा
गफै मात्र लडाउनेको ठुलाठुला कुरा
छुरा रोपी मान्छे ढाल्ने कतिसम्म सुरा ।

०००
बैरेनी-९, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जान्छ नहेरी

जान्छ नहेरी

अमृत अधिकारी
सबै मिसन पूरा

सबै मिसन पूरा

अमृत अधिकारी
बा आमा

बा आमा

अमृत अधिकारी
सबै मिली खाए

सबै मिली खाए

अमृत अधिकारी
पिरै छ

पिरै छ

अमृत अधिकारी
हाम्रो सरकार

हाम्रो सरकार

अमृत अधिकारी
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x