साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै मिसन पूरा

जस्ले गल्ती गर्ने, उस्ले खल्ती भर्ने मन चोर्ने मान्छे मात्रै, सधैँ खोरमा पर्ने । फेसन भन्दै टेन्सन दिने, श्रीमती र भुरा पेन्सन पाके मात्रै यहाँ, सबै मिसन पूरा ।

Nepal Telecom ad

अमृत अधिकारी :

आज पिरमा भोलि भिरमा, पर्सि माइतीघरमा
निकोर्सिमा निको हुने, आन्दोलनकै भरमा ।

जो पनि आफ्नै सुरमा, कस्को छ र टुङ्गो
कसैलाई नि बाल छैन, डुलि हिँड्छ बुङ्गो ।

कामचोरको काम छैन, सधैँ कुरा काट्ने
लामो हात गर्न पाए, सिधै खुट्टा तान्ने ।

औषधी नै कम भए, बढ्न थाल्छ दम
रोग सङ्ग लडे नि, पड्किहाल्छ बम ।

लाखौँ जनता अरब गए, हजार कमाउन
घुस खाने नेता आए, करोड पचाउन ।

खाएपछि पचाई हाल्ने, लाजै नमानी
नानीदेखि लाग्या बानी, जाँदै नजानी ।

सिन्को पनि नभाँच्निले, दाउरा कहिले चिर्ने
खान पाए फोकटमा, पर्म कस्ले तिर्ने ।

जस्ले गल्ती गर्ने, उस्ले खल्ती भर्ने
मन चोर्ने मान्छे मात्रै, सधैँ खोरमा पर्ने ।

फेसन भन्दै टेन्सन दिने, श्रीमती र भुरा
पेन्सन पाके मात्रै यहाँ, सबै मिसन पूरा ।।

०००
बैरेनी- ९, धादिङ

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जान्छ नहेरी

जान्छ नहेरी

अमृत अधिकारी
कतिसम्म सुरा

कतिसम्म सुरा

अमृत अधिकारी
बा आमा

बा आमा

अमृत अधिकारी
सबै मिली खाए

सबै मिली खाए

अमृत अधिकारी
पिरै छ

पिरै छ

अमृत अधिकारी
हाम्रो सरकार

हाम्रो सरकार

अमृत अधिकारी
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x