साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुरु अनि गोरु

दश पटक आगोले जमाइएका हात्तिछाप चप्पल पट्काएर गौरव ठानेर मास्टरहरु आफ्नो अनुहार खोलाको नबग्ने सङ्लो पानीमा हेर्न भ्याउदैनन् र पनि जिम्मेवारी पुरा गर्छन् बिचरा !!

Nepal Telecom ad

टङ्क निर्भिक :

रामो राम !
झुट बोलेको होइन
गुरु होइन
गुरु गोरु बनेका छन्
चेलो मन्त्री बन्छ
अनि नयाँ कानुन बनाउछ
गुरुलाई गोरु बनाउन
चेलो नेता बन्छ
लेबी उठाउँछ
चन्दा माग्छ
नदिए गोरु बनाइन्छ
चेलो बस चालक बन्छ
अनि सम्मान स्वरुप
बोनटमा बसाउछ
चेलो जँड्याहा बन्छ
मुखमा थुक्दिन्छ
चेलो कुन्द्रे मुन्द्रे बन्छ
सके अगाडिबाट मुक्का हान्छ
नसके पिठ पछिबाट
छुरा प्रहार गर्छ
हो जसरी पनि
गुरु गोदिएकै हुन्छ
चेला रहँदासम्म
सर बनेको हुन्छ
गुरु बनेको हुन्छ
जब चेलाको
रुप बदलिन्छ
अनि अपभ्रम्स हुन्छ सर
सरबाट मास्टरमा ।

तर हरेक पाँच र दशवर्षमा
मास्टरको राष्ट्रब्यापी
दुरुपयोग हुन्छ
चेलो भन्दै गर्छ
सम्मान स्वरुप
सरको सहयोग चाहियो
अब भोट गन्नु छ
भोट माग्नु छ
भोटर थप्नु छ
मरेका बाँचेकाको
हिसाव निकाल्नु छ
कति आफ्ना छन्
कति दुश्मनका छन्
अटार पटारमा के रोपिन्छ
कति फल्छ
दश पटक आगोले जमाइएका
हात्तिछाप चप्पल पट्काएर
गौरव ठानेर मास्टरहरु
आफ्नो अनुहार खोलाको
नबग्ने सङ्लो पानीमा
हेर्न भ्याउदैनन्
र पनि जिम्मेवारी
पुरा गर्छन् बिचरा !!

गोरु बनाइएको पत्तो छ गुरुलाई
तर पनि रसिला ओठहरुबाट
मुस्कानका मन्द गोला बर्षाएर
ओजिला शब्द ओकल्छन्
मेरो चेलो मन्त्री छ
नेता छ मेरो चर्पि जाने
बाटो फराकिलो बन्नेछ
चेलो शिक्षा अधिकारी छ
शिक्षामा नौलो क्रान्ति ल्याउनेछ
चेलो सुरक्षाकर्मी छ
सायद समाज सुरक्षित राख्ने छ
चेलो सेना छ
देशको सिमाना
एक इन्च घट्न दिने छैन
चेलो स्वास्थ्यकर्मी छ
अकालमा कोहि मर्ने छैन ।

तर
मास्टरीको महिनावारी नहुँदै
पारिका खाताहरु भरिपूर्ण हुन्छन्
मन भुलाउन
लोकगीत फलाक्ने
रेडियोसम्म जोड्न नसक्ने
बक्यौतामा झुलेको जिन्दगीले
कहिले सुन्नु सिमा मिचिएका खबर ?
नेताको भ्रष्टाचारी र अत्याचारका कुरा
अस्पतालमै बलात्कारका सूचना
तरै पनि गर्व गरिरहन्छन्
मास्टरहरु
चेलाहरुकाे उन्नतिमा
बहिरा कान सद्दे नभएसम्म धन्न प्रभु !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x