साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार खित्कौली

पत्रकारः महायज्ञबाट घाटा भो भन्नुहुन्छ, उठेको त्यत्रो करोड रकम कता गयो त? आयोजकः करोड उठेर के गर्नु नब्बे लाख वाचक र उनका सहयोगले लैजाँदा रहेछन्, दश लाखले के गर्नु ?

Nepal Telecom ad

अमर अधिकारी :

(आमाछोरीको बिहानी सम्वाद)
छोरीः तनाब भो मम्मी ! मैले मुख धोएँ कि धोएन, थाहा पाउनुभो ?
आमाः धोए पनि नधोए पनि फेरि धोए के खेर जान्छ र छोरी ?
छोराः पानी खेर जान्छ मम्मी !
-१-

(दुई छिमेकी गफ गर्दै)
वीरबलः गुरुदेवको आशिर्वादले मेरो छोरो डिग्री पास गर्योै नि !
बलवीरः गुरुको आशिर्वादले पास हुने भए त परीक्षा फाराम पनि भर्नुपरेन होला नि त ! पढ्न पनि परेन होला !
-२-

(ग्राहक काउनेटरमा गएर सोध्दै)
ग्राहकः साहुजी मलाई मध्यम खालको र अलि टिकाउ हुने खालको ब्ल्याङ्केट चाहिएको थियो।
रिसेप्सनिस्टः यो त विहे-ब्रतबन्धको भोज खाने ब्याङ्केट हो, काँ ब्ल्याङ्केटको कुरा गर्नु भाको ! व्यवसाय चौपट भैरा बेलाँ कस्ता खालका मान्छे आका होलान् ?
-३-

(महायज्ञ सकिएपछि)
पत्रकारः महायज्ञबाट घाटा भो भन्नुहुन्छ, उठेको त्यत्रो करोड रकम कता गयो त?
आयोजकः करोड उठेर के गर्नु नब्बे लाख वाचक र उनका सहयोगले लैजाँदा रहेछन्, दश लाखले के गर्नु ?
-४-

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x