साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूलो मान्छेको धर्म नै ठग्नु हो

ठूला मान्छेको काम नै खानु हो, ढाँटेर खानु हो। नियम मिचेर खानु हो। नखाने पनि के ठूलो मान्छे ? नचोर्ने, नठग्ने, पनि के ठूलो मान्छे ? आखिर ठूलो मान्छेको धर्म नै ठग्नु हो ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

खानु पर्छ,
नखाने को छ ?
सक्नेले अलकत्रा खाने हो,
सुन खाने हो,
वन,जंगल खाने हो
गैडा, हात्ती खाने हो।
नसक्ने ले पो भात खाने हो।
बरु भात नपाए, भोकै बस्ने हो ।

खानु पर्छ,
नखाने को छ ?
सक्नेले दुबै हातले सोहोरेर खाने हो,
गोडा बजारेर खाने हो,
हाकिम खाने हो,
मन्त्री खाने हो,
राजदूत खाने हो,
ठेक्का खाने हो,
पट्टा खाने हो,
नसक्ने ले पो गुनासो पोख्ने हो
बरु,गुनासो पोख्न नसके, चुप लाग्ने हो।

खानु पर्छ,
नखाने को छ ?
औंलो ठड्याएर खाने हो,
तर्साएर खाने हो
घुर्क्याएर खाने हो
पासपोर्ट,भिसा खाने हो,
सरकारी जग्गा खाने हो,
सहकारी, बैक खाने हो,
गुलामी खाने हो,
चाकरी खाने हो,
नसक्नेले पो कुरा काट्ने हो,
बरु,कुरा काट्न नसके, मुख छोपेर रुने हो ।

खानु पर्छ
नखाने को छ ?
लुटेर खानु पर्छ,
ढाटेर खानु पर्छ,
चेपेर खानु पर्छ,
घोचेर खानु पर्छ,
नसक्नेले पो कानूनको कुरा गर्ने हो
बरु कानूनको कुरा गर्न नसके चुप बस्ने हो।

खानु पर्छ
नखाने को छ ?
ठूला मान्छेको काम नै खानु हो,
ढाँटेर खानु हो।
नियम मिचेर खानु हो।

नखाने पनि के ठूलो मान्छे ?
नचोर्ने, नठग्ने,
पनि के ठूलो मान्छे ?
आखिर ठूलो मान्छेको धर्म नै ठग्नु हो ।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x