साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खबरदार

देशमा राष्टवादीलाई तीनकुनेमै रोक्नेछ आफ्नो डम्फू बजाएर खोक्नेछ होसियार देशभक्तहरु होसियार नेपालभक्तहरु होसियार राष्ट्रिय पोसाक लगाउनेहरु होसियार ।

Nepal Telecom ad

हाेम सुवेदी :

हाम्रो सरकार जागेको छ
देशमा गणतन्त्रको भूत पनि जागेको छ
देशमा गणतन्त्रले केही थानको रगत फेरि मागेको छ
दौरासुरुवाल र टोपी लाउनेको जमात
तिनकुनेबाट अलिक अगाडि लागेको छ
सरकार पनि र गणतन्त्र पनि जागेको छ
यी नेपालको झन्डा बोक्ने
नेपालको राष्ट्रिय पोसाक लगाउने
अराष्ट्रियहरुलाई गणतन्त्रले ठोक्ने छ
बङ्करदेखि बोकेको बन्दुक
काँधमा लिएर ठोक्नेछ

खबरदार
खबरदार
नेपाल भनेपछि हिरिक्क हुनेलाई
गणतन्त्रले ठोक्नेछ
होसियार देशभक्तहरु
होसियार नेपालभक्तहरु
गणतन्त्रले टोक्नेछ
उसले सीमा तोक्‍नेछ
रगत पसिना धोक्ने छ
बन्दुकमा रबरका गोली मात्र हैन
सिसाका गोली नै बोक्ने छ
देशमा राष्टवादीलाई
तीनकुनेमै रोक्नेछ
आफ्नो डम्फू बजाएर खोक्नेछ
होसियार देशभक्तहरु
होसियार नेपालभक्तहरु
होसियार
राष्ट्रिय पोसाक लगाउनेहरु होसियार ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x