वसन्त सापकाेटाठुस्स गन्हाउँछौ
त्यसैले, छि छिःछिः, ए जनताका भाग्यविधाता भनाउँदाहरू हो ! अलि टाढै बस किनकि तिमीहरू ढल र मलभन्दा पनि साह्रै नराम्रोसँग गन्हाउँछौ ॥

वसन्त सापकाेटा :
ची ची ची गरेर चिमोट्दै ए महापुरुषहरू हो !
किन यो नेपाल-आमालाई छियाछिया बनाउँछौ
छि छि छि ए करमुक्त चिल्ला कारमा चढेर
जनताको पसिना चुस्नेहरू हो !
अलि टाढै बस
किनकि तिमीहरू साहै नराम्रोसँग ठुस्स गन्हाउँछौ ॥
ए जनताका प्रतिनिधिहरू हो !
पुरुषत्वलाई बन्धकी राखेर
तिमीहरू सुत्केरी औषधि पनि हजम पाछौं
मृत्युशैय्यामा खानुपर्ने फोर्डमजस्ता औषधिहरू पनि
तिमीहरू संसद् भवनभित्रै पचाउँछौ
नैतिकतालाई टुकुचाको खोलामा फ्याँकेर
तिमीहरू निर्लज्ज भै नाङ्गो नाच पनि नाच्न सक्छौ
मलाई त घिन लाग्छ
मलाई त घिन लाग्छ
तिमीहरूको अनुहार देखेर !
त्यसैले, छि छिःछिः, ए जनताका भाग्यविधाता भनाउँदाहरू हो !
अलि टाढै बस
किनकि तिमीहरू
ढल र मलभन्दा पनि साह्रै नराम्रोसँग गन्हाउँछौ ॥
०००
नाङ्गो नाक (२०६०)
Subscribe
Login
0 Comments
Oldest







































