साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम- २७

अब फेसबुकमा रुनु, हाँस्नु, नाच्नु, समाउनु, रमाउनु— सबै कुराहरू देख्न नपाइने भएको छ। घाँस काटेकोदेखि गाला चाटेकोसम्म, भात डढेकोदेखि भिरबाट लडेकोसम्मका दृश्यहरू केही समयका लागि हराउने भएका छन्।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

सामाजिक सञ्जाल— फेसबुकसहितका अन्य थुप्रै माध्यमहरूलाई सरकारले बन्द गरेको छ । चिप्रा लागेका आँखाले हेर्दा यो निर्णय ठिकै पनि हो कि जस्तो लाग्छ।

पूर्वसचिव भीम उपाध्याय, कवि अर्जुन पराजुली र धरानका मेयर हर्क साम्पाङलाई नियन्त्रण नगर्ने हो भने त्यो बन्द हुनु सरकारका लागि पहिरो गएको बेला मुसलधारे पानी रोकिनु जस्तै राहतपूर्ण हुन सक्छ।

मन्त्री परिषदको बैठकमा यिनै तीन पात्रबारे व्यापक छलफल भएको खबर छ। एमालेका मन्त्रीहरूले “फेसबुक बन्द गर्नु भन्दा यी तीन जनाको मुख बन्द गरौं” भन्ने प्रस्ताव राखेछन्। तर, प्रजातान्त्रिक संस्कार बोकेका कांग्रेसका मन्त्रीहरूले भने “मुख थुन्नेभन्दा मुहानै बन्द गरौं” भन्दै सामाजिक सञ्जाल नै रोक्न सुझाव दिएका रहेछन्।

यसको परिणामस्वरूप, “प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्छ” भन्ने चर्चित मन्तव्य दिने मन्त्रीज्यूले भक्भकाउँदै गौरवसाथ फेसबुकसहितका सामाजिक सञ्जाल बन्द भएको घोषणा गरेका छन्।

उता, टिकटक प्रयोगकर्ताहरू भने हर्षित छन्, दंग छन्। उनीहरूलाई त यो सौतेनी व्यवहारजस्तो रमाइलो लागेको छ। टिकटकले फेसबुकलाई देख्नै नसक्ने, फेसबुकले पनि टिकटकलाई हेप्ने जस्तो स्थिति थियो। अब फेसबुक ‘बिरामी’ भएकोमा टिकटक प्रयोगकर्ताहरू खुसी मनाउँदै माइतीघर मण्डलामा र्‍याली निकाल्नेछन्, र भन्नेछन्— “जुके चोर, देश छोड।”

भित्रभित्रै ‘भाइपी’ (VIP) हरुले VPN प्रयोग गरेर सामाजिक सञ्जाल चलाउन पाउने खबर पनि सुनिएको छ, तर आधिकारिक रूपमा केही खुलेको छैन।

अब फेसबुकमा रुनु, हाँस्नु, नाच्नु, समाउनु, रमाउनु— सबै कुराहरू देख्न नपाइने भएको छ। घाँस काटेकोदेखि गाला चाटेकोसम्म, भात डढेकोदेखि भिरबाट लडेकोसम्मका दृश्यहरू केही समयका लागि हराउने भएका छन्।

यसले दुर्घटना, गल्ती र गफको मात्रा केही कम गरोस् भन्ने शुभकामनासहित— सामाजिक सञ्जालको यो विश्रामलाई पनि अवसरको रूपमा हेर्न सकौं।

०००
(व्यङ्ग्य लेखक नुनचिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
0
Would love your thoughts, please comment.x
()
x