साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लीला अपरम्पार

म लीलाधारी कृष्ण हुँ आफ्नो लीलाले म यो देशलाई सुनको टुक्रामा परिणत गर्न सक्छु यो देशलाई स्वर्ग बनाएर सम्पूर्ण नेपालीहरूलाई म स्वर्गवासी बनाउन सक्छु ॥

Nepal Telecom ad

वसन्त सापकाेटा :

म लीलाधारी कृष्ण हुँ
मलाई कुनै कुर्सीको तृष्णा छैन
कसैले थकाइ मारुन्जेल मात्रै हो
नत्र मलाई एक मिनेट पनि
यो महलमा वस्ने इच्छा छैन ॥

आफ्नै सखाको अनुरोधमा मात्रै
मैले सारथि वनेर
यो रथ हाँकिरहेको छु
उसकै इच्छावमोजिम
जता भने उतै
यो लगामलाई तानिरहेको छु ॥

म लीलाधारी कृष्ण हुँ
मेरो लीलालाई कसैले आँक्नै सक्तैन
मेरो भित्री स्वरूप अर्कै छ
मलाई कसैले नाप्नै सक्तैन ॥

मलाई त श्रद्धाले दिएको
एक विडा बनारसी पान भए पुग्छ
मलाई कुनै सम्पत्ति चाहिँदैन
यौटा छाता र सुराहीभरिको पानी भए पुग्छ
अनि आनन्दसँग वृन्दावनमा बसेर
गोपिनीहरूसँग रासलीला गर्न पाए पुग्छ ॥

पालोपालो गर्दै म गोपिनीहरूलाई
काखमा राखेर खेलाउन सक्छु
असीको खसी भए पनि
त्यति बेला म आफ्नो लीलाले
१६ वर्षे जोस निकाल्न सक्छु
अनि त्यति वेला
मेरा सेतै फुलेका कपाल कपालिकाहरू पनि
काला बन्छन् रे
खै, मलाई त त्यस्तो लाग्दैन
तर यो सब करामत
वनारसी जर्दा पानकै हो रे ॥

मैले चाहें भने अझै पनि
त्यो महाभारतको युद्ध दोहोऱ्याउन सक्छु
मैले लीला देखाएँ भने
कौरव र पाण्डवहरूलाई
एकआपसमा जुधाएर ध्वस्त पार्न सक्छु
मैले चाहे यो कान्तिपुरलाई
सिङ्गापुरमा परिणत गर्न सक्छु
अनि मैले चाहें भने
मेलम्चीको शुद्ध पानी ल्याएर यहाँ
प्रत्येकले गरेका
कुकर्म र भ्रष्टाचारलाई पखाल्न सक्छु ॥

म कर्मयोगी कृष्ण हुँ
मेरो लीलामा सधै हँसिला, रसिला र
बौलट्ठीपना मात्रै देख्नेहरूले
मेरो निष्काम कर्मयोगको वारेमा
बुझ्‌नै सकेको छैन
मलाई थरथर काम्ने बूढो
रोगी र कमजोर भन्ने गर्छन्
तर मेरो भित्री बल अहिलेसम्म
कसैले थाम्नै सकेको छैन ॥

म लीलाधारी कृष्ण हुँ
आफ्नो लीलाले म यो देशलाई
सुनको टुक्रामा परिणत गर्न सक्छु
यो देशलाई स्वर्ग बनाएर सम्पूर्ण नेपालीहरूलाई
म स्वर्गवासी बनाउन सक्छु ॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खेल राजनीतिको

खेल राजनीतिको

वसन्त सापकाेटा
ठुस्स गन्हाउँछौ

ठुस्स गन्हाउँछौ

वसन्त सापकाेटा
जनताको अनुभव

जनताको अनुभव

वसन्त सापकाेटा
ब्रह्मलुट

ब्रह्मलुट

वसन्त सापकाेटा
रौँ महिमा

रौँ महिमा

वसन्त सापकाेटा
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x