साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी हामी रमाउने

तर तिम्रा पनि छैनन् जनता कतै खोज्यो भने मेरा पनि कतै छैनन् साँच्चै जनता रोज्यो भने यो त एउटा तरिका हो भन्ने, गर्ने, कमाउने जिन्दगीमा यसरी नै तिमी हामी रमाउने !

Nepal Telecom ad

इन्द्रकुमार श्रेष्ठ :

तिम्रो पार्टीको भेला भए
तिम्रै कार्यकर्ता आउँछन्
मेरो पार्टीको भेला भए
मेरै कार्यकर्ता आउँछन्
तिमीलाई राम्रो माला
तिम्रै कार्यकर्ताले लगाइदिन्छन्
मलाई ठूलो माला
मेरै कार्यकर्ताले लगाइदिन्छन्
तिमीले भाषण गर्दा
तिम्रै कार्यकर्ताले ताली बजाउँछन्
मैले भाषण गर्दा
मेरै कार्यकर्ताले ताली बजाउँछन्
पद पाए सुविधाको
हाम्रै परिवार आफन्तले पाउँछन्
छुट पाए कुनै अपराधमा आखिर
हाम्रै कार्यकर्ताले पाउँछन्
तिमीले पनि भाषण गर्दा
‘जनता’ शब्द भन्दै जान्छौ
मैले पनि त्यसै भन्छु
हामी दुवै ‘जनता’ मान्छौँ
तर तिम्रा पनि छैनन्
जनता कतै खोज्यो भने
मेरा पनि कतै छैनन् साँच्चै
जनता रोज्यो भने
यो त एउटा तरिका हो भन्ने, गर्ने, कमाउने
जिन्दगीमा यसरी नै तिमी हामी रमाउने !

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x