साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हारेका नेताप्रति

Nepal Telecom ad

 height=जान्ने छौ पहिल्यै नवीकरणमा क्यै काल खर्चे भयो 
पेशा हो गतिलो र प्राप्ति रसिलो त्यो सीप अर्पे भयो {{read_more}}
काट्नैपर्छ जुनी कुनै तरहले के मान्नु चिन्ता पनि
थाले भन्न पुराण गाउँघरमा पक्कै हुनेछौ धनी ।।

नौलो सोच विचार बिज मनमा गुम्सीरहेका थिए
बन्नाले अति व्यस्त मार्ग नमिली खुम्चीरहेका थिए
धेरै सोच तिमी असाध्य गहिरोमा डुब्न खोजीकन
हुन्छौ दार्श्निकै नि फुर्सद भयो सच्चा त्यही नै बन ।।

जेलैमा पनि सिर्जिए सुजनले नौला कला काव्यका
धेरै व्यस्त हुँदा नि लेखिन गए शास्त्रादि साहित्यका
ऐलेसम्म तिमी हिड्यौ मुफतमा बिर्सी सबै सिर्जना 
बन्देऊ कवि लेखकै जगतमा तिम्रै हुने सम्झना ।।

मस्ती मोज थियो सबै किसिमको सिद्धार्थलाई तर
छाडे राज्यसमेत दुस्ख जनको मिल्काउनै खातिर
मध्यम मार्ग लिई हिडेर उनले पत्ता लगाए कुरा
सन्यासी बन ए तिमी पनि बरु अज्ञान खोल्ने पूरा ।।

पण्डित बन्न सदा हुने सहज रे गाह्रो छ योगी हुन
सांसारिक घटना भुलेर युगको आदर्श नौलो छुन
हा(यौ आश गयो कठै ! समयको पर्दा तिमी झेलमा 
मान्छौ दिक्क ? नमान हार सबका हुन्छन् यहाँ खेलमा ।।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x