आनन्द श्रेष्ठदेख्छु

ईन्धन छैन भने पनि सवारीकै लाम देख्छु
अचम्म छ ! सडकभरि सवारीकै जाम देख्छु {{read_more}}
कोही भन्छन् रावणहरू साँधमा बस्दै बाण हान्दैछन्
ऐना हेर्छु, बाण हान्ने त घरभित्रकै राम देख्छु
जब हार्छ, अरूलाई दोषी ठान्छ सकुनीले
जस्तो अप्ठेरोमा पनि सकुनीकै याम देख्छु
नाकावन्दी जसले गर्यो, उसैलाई असर पर्यो
अब भने मेरो थोत्रो साईकलको पो काम देख्छु
चर्चित पनि यति भएँ ! मित्रहरू छुट्दै गए
शत्रुका ती ओंठमा मात्र ‘आनन्द’कै नाम देख्छु ।
Subscribe
Login
0 Comments
Oldest






































