सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उस्तै छ

Nepal Telecom ad

गन्तव्य चुम्ने रहर उस्तै छ
आतुर नदी हो, बगर उस्तै छ

आफ्ना पयरमाथि भर उस्तै छ
बाधा उनै हुन्, सफर उस्तै छ {{read_more}}

भत्के नयाँ बन्छ भन्ने को हौ ? 
वर्षौँ भयो खण्डहर उस्तै छ

बरु चोकले काँचुली फेर्यो यार
निस्प्रभ छ शालिक, खबर उस्तै छ

हुर्केको छोरासँगै आमा छिन् 
जस्तो भरोसा छ, डर उस्तै छ

बन्ला महल भव्य, ए ! परदेशी
भत्केको हो मनको घर उस्तै छ

सल्काऊ, सल्काऊ मौका यै हो
उस्तै फिलिङ्गो छ, खर उस्तै छ

दिन दिन उदर अग्लियो रे उनको
शङ्का नगर् यार ! ‘थर’ उस्तै छ ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'