साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उस्तै छ

Nepal Telecom ad

गन्तव्य चुम्ने रहर उस्तै छ
आतुर नदी हो, बगर उस्तै छ

आफ्ना पयरमाथि भर उस्तै छ
बाधा उनै हुन्, सफर उस्तै छ {{read_more}}

भत्के नयाँ बन्छ भन्ने को हौ ? 
वर्षौँ भयो खण्डहर उस्तै छ

बरु चोकले काँचुली फेर्यो यार
निस्प्रभ छ शालिक, खबर उस्तै छ

हुर्केको छोरासँगै आमा छिन् 
जस्तो भरोसा छ, डर उस्तै छ

बन्ला महल भव्य, ए ! परदेशी
भत्केको हो मनको घर उस्तै छ

सल्काऊ, सल्काऊ मौका यै हो
उस्तै फिलिङ्गो छ, खर उस्तै छ

दिन दिन उदर अग्लियो रे उनको
शङ्का नगर् यार ! ‘थर’ उस्तै छ ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x