साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाज छत छतमा छन्

Nepal Telecom ad

भत्काउँदै फेरि मर्मतमा छन् height=
आफ्नाहरू हुन् जो फुर्सतमा छन् {{read_more}}

के फूल नै बन्नु पर्ने हो म ?
काँडाहरू मात्र सङ्गतमा छन्

जब देखि मैले चुनौती रोजेँ
आपतहरू सख्त आपतमा छन्

अझ बेखबर छन् परेवा भुइँमा
महफिल सँगै बाज छत छतमा छन्

यति बेसरम भइदिए काला कोट
वेश्या बरू सत र इज्जतमा छन्

बेनामी सम्बन्धको पोल खुल्यो
नाताहरू सब सनाखतमा छन्

यो जिन्दगी नै जुवा हो आवाज
सपना, मनोचाह उल्फतमा छन् ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x