बूँद रानाकहाँ छ जिन्दगी ?

कतै मलेसिया कतै कतारमा छ जिन्दगी 
चढी लिलाममा यहाँ बजारमा छ जिन्दगी ।। {{read_nore}}
न आँगनै भयो कुनै न बैठकै न बार्दली
बनेर द्वारपाल झैं सँघारमा छ जिन्दगी ।।
विडम्बना स्वदेशका युवा जमात भन्दछन्
पराइको रियालमा दिनारमा छ जिन्दगी ।।
न गर्न युद्धका कुरा कुरा त हुन्ष्छ दिन्दिनै
तथापि बारबार काटमारमा छ जिन्दगी ।।
सहेर कोप गृष्मको वसन्तको अभावमा
अजस्र अश्रु धारको असारमा छ जिन्दगी ।।
अभावमा दवाबमा अकल्पनीय त्रासमा
सधैं कराल कालको प्रहारमा छ जिन्दगी ।।
थकाइ मार्न भन्छु त्यो अटेर गर्छ हर्घडी
सदैव रेल चढ्नुको हतारमा छ जिन्दगी ।।
Subscribe
Login
0 Comments
Oldest








































