साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आगो बनौँ मित्र हो !

Nepal Telecom ad

सम्धी– पुत्रवधू–जुवाइँ–भतिजा, भान्जा सुता–प्रेमिका  height=
जाली–वाहुबली–कुवेर–जनमै, घुम्दैछ संघीयता । {{read_more}}
चौलानीसरि भै बगे रगत हा ! योद्धाहरूका यहाँ ! 
थोत्रा–प्लाष्टिक वा कबाड बनिए, बोध्दा–सुयोद्धा जहाँ ।।१।।

भद्दा– यो गलगाँड हा ! गण–प्रथा, नेता रजौटा बने 
भ्रष्टाचार छ दैनिकी शिव हरे ! बाटो अनौठो खने । 
बाँडिन्छन् ढुकुटी उनै नजिकका, हुक्के भरौटे चुनी 
बढ्दैछन् शिशुपाल औ शकुनिका, षड्यन्त्र नाच्छन् खुनी ।।२।।

हुक्के–भाट बने कयौँ बुध–गिदी, प्रज्ञा भयो लोफर  
‘घिच्नाकाल’ भएर देखिन गए, मन्त्री कयौँ जोकर । 
मात्रै वञ्चक– रुपमा छ मिडिया, स्वार्थी छ विश्लेषक 
बन्दैछन् सतही कयौँ कलम ता, बोक्रे सयौँ लेखक ।।३।।

बण्डावाद चल्यो सबैतिर कडा, हुन्छन् ‘बडा’ अक्षम 
घोक्रेठ्याक दिएर घायल बने, जो–जो थिए ‘सक्षम’ । 
मेलम्ची–चिलिमे बनेर कछुवा, गर्दैछ देशोन्नति 
नेपाली जनता दरिद्र–निमुखा, भोग्दैछ रे दुर्गति ।।४।।

ठालू हिँड्छ विदेशका सफरमा, सत्ता र भत्ता लिँदै  
योद्धाका सपना थिचेर अहिले, देशै गयो रित्तिदै ।
नारामात्र अलापिने मुख हुँदा, पाषाण छन् भाषण  
भन्छन्– ‘राजनयज्ञ’ किन्तु, उनका उद्देश्य सत्तासन ।।५।।

धेरै क्रान्ति भए बगे रगतका, खोला–नदी बेसरी 
धेरैका वलिदान–शान हरिए, उठ्ला जिमी के गरी ?
बाँकी छन् त विवेकका कण भने, धागो बनौँ मित्र हो  
यो अन्याय जलाउने प्रण गरी, आगो बनौँ मित्र हो ।।६।।

धादिङबेँसी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x