साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोचक एक कहानी बन्छ 

Nepal Telecom ad

सम्झ्यो भने अचम्मै लाग्ला, रोचक एक कहानी बन्छ {{read_more}} height=
जे जे मिलेर बन्दछ आगो, बिल्कुल त्यसकै पानी बन्छ

स्वप्न नदेखी मुर्दा बनेर सुत्न सिकाउँछ हाम्रो इतिहास
दुश्मन हुन्छ उज्यालो प्रकाश, मात्र अँध्यारो बानी बन्छ

आफ्नै भनूँ न आफ्नो जस्तो, कसरी आफ्नो हैन भनौँ खै ! 
देश छुटेपछि परदेशीको यौवन पनि ऐलानी बन्छ

दुनियाँभरका सुख सुविधा हुन् या चैन मिलोस् भव्य महलको
आत्मा शायद उडेर जाला, शरीर जली खरानी बन्छ

सम्पत्ति ठूलो हो या आशिक फरक फरक सोचाई होलान् 
दुईटा सिक्का दिनुहोस् मात्र भिखारी पनि खुब दानी बन्छ ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x