छलछाम छ नेपालमा
कागजमाथि ओर्लिएको रातो घाम छ नेपालमा ।
बाहिर इमान भित्रभित्र छलछाम छ नेपालमा । {{read_more}}
आफ्नो हो कि पराइ हो छुट्याउनै गाहारो हजुर,
बगलीमा छुरा मुखमा रामैराम छ नेपालमा ।
ब्यानरमाथि लेखिँदो छ समाजसेवा परोपकार,
भित्र नाता कुटुम्बलाई दामैदाम छ नेपालमा ।
झन्डावाला गाडी गुड्छन् डन्डावाला अघिपछि,
बोक्रा खोले कुर्सीवाले छ्यास् वद्नाम छ नेपालमा ।
जस्तोसुकै ड्राइभर बनोस् अन्धाधुन्ध हाँक्छ गाडी,
अस्तिदेखि भोलिसम्म चक्काजाम छ नेपालमा ।
खाँदबारी