साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेनुजुएलाका भक्तहरू

Nepal Telecom ad

भेनुजुएलाका भक्तहरू  height=
आफ्नो घरलाई हेर एकपटक
तुच्छ मनोवृत्त त्यागेर {{read_more}}
आफ्नै आँगन, कोट्याएर छाम
मुटुका धड्कनहरू
जीवनका कुराहरू बोल
शहीदका गाथाहरू लेख
इमानका पत्रहरू पढ
भेनुजुएलाका भक्तहरू
जनयुद्धका लालसिपाहीका
आँसु बगेको हेरेर
भेनुजुएलाको सारङ्गी किन बजाउँछौ
कमसेकम थवाङका घरहरूको
गीत गाउन्
भ्वाइलनहरूमा 
मनीकाँडाका स्वरहरूका
भजन गाउन्
भेनुजुएलाका भक्तहरू ।

मान्छेहरू एकपटक
अलिकति अनुशासनमा बसिदेउन्
सधैँ वायुझैँ किन क्रुद्ध ?
आफैँ आतङ्कित भएर
समाज दुर्गन्धित नबनाउन् 
हतार हतार प्रेस विज्ञप्ती किन हो ?
नेपाली हौ भने नेपाली बन
गहिरिएर सोच
यो देशका मान्छे हो ?
साँच्चै तिमी मान्छे भइसकेका हौ
मलाई विश्वास छैन
तिमी मान्छे बन्यौ भनेर
क्रुर सोच त्याग
भेनुजुएलाका प्रिय भक्तहरू
निरन्तर झाँगिदै गएको 
कुरुप समाज बदल्न बिउँझ ।

तिमी मान्छे हौ भने
जमीन बञ्जर छ
सुखशयलमा छौ तिमी
मान्छे भन्न मन लाग्दैन
ए !
भेनुजुएलाका प्रिय भक्तहरू ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x