साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा उहाँहरू !

हामी खानका लोभीहरूलाई मजाले मासुभात खुवाउनुहुन्छ राष्ट्रनिर्माता उहाँहरू देश र जनताको कति चिन्ता लिनुहुन्छ !

Nepal Telecom ad

कहिले अल्पमतले नै चलाउनुहुन्छ
कहिले बहुमत पुर्‍याउनुहुन्छ
कहिले मिलिजुली चलाउनुहुन्छ
कहिले दुईतिहाइ नै पुर्‍याउनुहुन्छ
हाम्रा भाग्यदाता उहाँहरू
देश र जनताको कति चिन्ता लिनुहुन्छ !

कहिले अधिवेशन बन्द गर्नुहुन्छ
कहिले अध्यादेश ल्याउनुहुन्छ
हाम्रा कानहरू पवित्र पार्न
जाँगर चलाएर भाषण गरिदिनुहुन्छ
हाम्रै सुविधाका लागि कष्ट उठाएर
कोमल बाहुलीबाट उद्घाट गरिदिनुहुन्छ

हाम्रा जीवनदाता उहाँहरू
देश र जनताको कति चिन्ता लिनुहुन्छ !
नेपाललाई सिंगापुर बनाउन चाहनुहुन्छ
स्विट्जरल्यान्ड,अमेरिका बनाउन चाहनुहुन्छ
त्यसैले मन्त्रालय फुटाउँदै हुनुहुन्छ
मन्त्रीहरू बढाउँदै हुनुहुन्छ
कति मन्त्रालय र मन्त्री भएपछि
विकास र समृद्धि आउनुहुन्छ !
हामी अज्ञानीलाई के थाहा !

हाम्रा भगवान् उहाँहरू
देश र जनताको कति चिन्ता लिनुहुन्छ !
पाँचवर्षमा एकदिन भए पनि
चुनाव घोषणा गरिदिनुहुन्छ
हाम्रा घरघरमा आइदिनुहुन्छ
आश्वासन बाँड्नुहुन्छ,घोषणापत्र पढाउनुहुन्छ
हामी खानका लोभीहरूलाई
मजाले मासुभात खुवाउनुहुन्छ
राष्ट्रनिर्माता उहाँहरू
देश र जनताको कति चिन्ता लिनुहुन्छ !

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x