ताराबहादुर बुढाथोकीधुलो उडाउँदै
अब टुँडिखेल मञ्चले र बजार तोरणले सजाउने छ,
प्रगतिशील गीतमा ढोल, झ्याम्टा र नगरा बजाउने छ ।
मुसहर बस्तीको फुलचन, सेकुवा र दारु खाँदा,
अनुहार रातो परेर मुसुक्क हाँस्दै हल्का लजाउनेछ ।
कार्यकर्ताले फेसबुकमा भोका नाङ्गाको फोटो हालेर,
नेताजीबाट आठ-दश लाख, आधालाख पचाउने छ ।
टोलटोलमा कमिटी, अध्यक्ष, उपाध्यक्ष, सचिव पद,
भित्तामा पोष्टर र धुरीधुरीमा रङ्गीन झण्डा फहराउनेछ ।
लेबी, चन्दा र कमिसनका चमत्कारमा धुलो उडाउँदै,
’माछोमाछो भ्यागुतो’ भन्न हाँडीघोप्टे भुँडी आउनेछ ।
संखुवासभा
Subscribe
Login
0 Comments
Oldest






































