चट्याङ मास्टरबडो अचम्म लाग्दछ
सवाल छ, कति सांसदले संसद् बन्द गराउने ? संसद् नै स्थगन गर्न, सांसदले भोट हाल्दछ यो के गर्छ ? किन गर्छ ? बडो अचम्म लाग्दछ ।

प्रजातन्त्रमा देश, संसद्ले हो चलाउने
प्रस्ताव कार्यक्रम ल्याई, देशकै भाग्य खुलाउने
उदाहरण बनी आफैँ, जनतालाई सिकाउने
यति जाबो सरल पाठ, कसले कसलाई पढाउने ?
चुनावमा अहो ! यसले, कत्रो हाहाकार गर्यो
संसदमा गई बस्न, त्यत्रो मारामार गर्यो
पुगेर पछि संसदमा, संसदैबाट भाग्दछ
यो के गर्छ ? किन गर्छ ? बडो अचम्म लाग्दछ ।
प्रश्न यो होइन, ’संसदले कसरी देश चलाउने ?’
सवाल छ, कति सांसदले संसद् बन्द गराउने ?
संसद् नै स्थगन गर्न, सांसदले भोट हाल्दछ
यो के गर्छ ? किन गर्छ ? बडो अचम्म लाग्दछ ।
भ्याट होस् वा कालापानी, टनकपुर केही ल्याउँछ
मसला थपथाप गरी त्यसमा, देशप्रेम हाल्न भ्याउँछ
अनि नियत बिगार्ने लिई, सपार्छु भन्न थाल्दछ
माननीय किन भन्छन् ? बडो अचम्म लाग्दछ ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest


































