साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाटो बिराएपछि

सामन्ती जन जे उधार मनले, गाह्रो छ नेता हुन राजाले जसरी अनेक रितले, मिच्दै गयौ कानुन। छोप्यौ कानुनको हिलो घसिघसी, मेटेर कालो मसि यस्तै हुन्छ कुरा बुझ्यौ कि अब ता, बाटो बिराएपछि।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

भन्दैथे निमुखा हरू सडकमा, उफ्रेर सारा कुरा।
सोचेनौ यिनका पछी छ कि कुनै, सोच्यौ यिनी हुन् भुरा
सारा खाग भयो मिनेट भरमा, औकात थ्यो जेजति।
यस्तैहुन्छ कुरा बुझ्यौ कि अबता, बाटो बिराएपछि।।

मानेनौ जनका कुरा समयमा, जान्ने र बुझ्ने बनी
सूनेनौ कहिलै पुकार जनको, कुर्लेर भन्दा पनि।
आऊनेछ फिरेर त्यो दिन अझै, तिम्ले सुधारे मति
यस्तै हुन्छ कुरा बुझ्यौ कि अब ता, बाटो बिराएपछि।।

झुक्याई जनको दियौ घरिघरी, धोका अनेकाैँ किन
तिम्रै कारण हो बुझ्यौ कि अब ता, आयो हरे यो दिन।
सम्झायौँ कविले गरेर विनती, सुन्दै सुनेनौ रति
यस्तै हुन्छ कुरा बुझ्यौ कि अब ता बाटो बिराएपछि।।

सामन्ती जन जे उधार मनले, गाह्रो छ नेता हुन
राजाले जसरी अनेक रितले, मिच्दै गयौ कानुन।
छोप्यौ कानुनको हिलो घसिघसी, मेटेर कालो मसि
यस्तै हुन्छ कुरा बुझ्यौ कि अब ता, बाटो बिराएपछि।।

सुन्ने आँट गुम्यो घमण्ड बडदा,सानाहरूका कुरा
के गर्छन् र यिनी नसोच कसले, ठानेर साना भुरा।
जे गर्छन् भवमा यिनै मनुजले, गर्छन् सकेको जति
यस्तै हुन्छ कुरा बुझ्यौ कि अब ता, बाटो बिराएपछि।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x