साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोला कहाँ अर्को ?

"विधाता"ले जुटाएको दिगो यो शक्ति बुख्याँचा नरोजे "साहिंलो" भेट्ला कडा गोला कहाँ अर्को ?

Nepal Telecom ad

खाेलाघरे साहिँलाे :

बुख्याँचा बन्नुमा जस्तो मजा होला कहाँ अर्को ?
बनेको सेतु मिल्दो हो विना खोला कहाँ अर्को ?

अरूका जिन्दगी जो छन् सबै धिक्कारका मात्रै
बुख्याँचातुल्य आनन्दी हुने चोला कहाँ अर्को ?

सखा जो दूरका आए,उठाए,ठिङ्ग उभ्याए
सखा त्यस्ता गुणग्राही हुनन् भोला कहाँ अर्को ?

उनैले रङ्ग जे घोल्छन् त्यसैमा रङ्ग फेर्ने हो
सुगाभाषे कि छेपारे मिलोस् घोला कहाँ अर्को ?

रुँगेको फाँट भेडाको यही हो किस्मते थैली
गुमाऊँ यो र के खोजूँ बडो झोला कहाँ अर्को ?

“विधाता”ले जुटाएको दिगो यो शक्ति बुख्याँचा
नरोजे “साहिंलो” भेट्ला कडा गोला कहाँ अर्को ?

०००
“पत्तासाफ” गजलसङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x