साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा बाबाका शुभ वचनले

पोख्ने हो मैले अधिक पसिना देशको निम्ति साथी आफ्नै माटोको उपर दिलमा जाग्छ आस्था ममाथि मेरो मर्दाङ्गी जन मुलुकको सानमा नै चढाऊँ आमा बाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

आशिष् सुम्पेको प्रकटित छ है कानमा घन्किएको
छोरो होस् यस्तो बहुत गुनिलो कर्ममा होमिएको
आकाङ्क्षा राम्रा जति तय गरी पूर्ण पारूँ सघाऊँ
आमा बाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ॥१

लेखूँ माटोको मधुर कविता दिव्य पीयूष झारी
पढ्ने सुन्ने नै प्रमुदित बनून् भावनाले सिँगारी
पाटो नेपाली श्रम र सिपले स्वर्ग जस्तै सजाऊँ
आमा बाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ॥२

पाएँ जो शिक्षा विगत दिनमा छैन मैले भुलेको
सोही ऊर्जाले अनुपम छ यो जिन्दगानी फुलेको
बाटो बिर्सेका जति मनुजमा चेत नौलो जगाऊँ
आमा बाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ॥३

कैयौँ छन् यात्री यस मुलुकमा मूलबाटो भुलेका
बिर्सी नेपाली जन मुलुक नै व्यर्थ दारी फुलेका
नेपालीका यी घर घर पुगी चेत नौलो फिँजाऊँ
आमा बाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ॥४

भ्रष्टाचारी छन् अतिशय खुला न्यायले बाँध्न थालूँ
फालौँ यो कालो निशि मुलुकको ज्ञानको दीप बालूँ
दासी बन्दै छन् बहुत जनता मुक्त आजै बनाऊँ
आमा बाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ॥५

पोख्ने हो मैले अधिक पसिना देशको निम्ति साथी
आफ्नै माटोको उपर दिलमा जाग्छ आस्था ममाथि
मेरो मर्दाङ्गी जन मुलुकको सानमा नै चढाऊँ
आमा बाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ

बुबाका आमाका अनुभव सिकी...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x