फित्काैली डटकममनोहरा साहित्य समाजकाे १०५ औं शृङ्खला सम्पन्न
मनोहरा साहित्य समाजको १०५ औं शृङ्खला समाजका वरिष्ठ सदस्य ई. चिरञ्जीवी रेग्मीको सभाध्यक्षता, गोविन्द घिमिरे वेदमणिको प्रमुख आतिथ्यमा सम्पन्न ।

काठमाडाैं, २०८२ असाे ज ११ । मनोहरा साहित्य समाजको १०५ औं शृङ्खला समाजका वरिष्ठ सदस्य ई. चिरञ्जीवी रेग्मीको सभाध्यक्षता, गोविन्द घिमिरे वेदमणिको प्रमुख आतिथ्य तथा आर सि रिजाल, कविराज घिमिरेको विशेष आतिथ्यमा आज सम्पन्न भएको छ ।
सभाध्यक्ष रेग्मीले प्रमुख अतिथि, अतिथि लगायत उपस्थित सबैलाई स्वागत गरेपछि प्रारम्भ भएको रचना वाचन शृङ्खलाको सञ्चालन सदस्य भावना न्यौपानेले गर्नुभएको थियो ।
विश्व ज्ञान पाठशाला (ग्लोबल पब्लिक स्कूल) को सभाकक्षमा सम्पन्न सो कार्यक्रममा ओम आचार्य, भालचन्द्र भण्डारी, सञ्जय सोती, एन बि जनकपुरी, आल्फिन फोहेन फाक्लुप्पा, बुद्धिसागर पौडेल, घनश्याम प्रसाईं, मुकुन्दराज शिवाकोटी, दीपक ओली, खोलाघरे साहिंलो, भावना न्यौपाने, सम्पत काफ्ले, अप्सरा पोखरेल, पुरुषोत्तम खनाल, टि.पि. बराकोटी, राजेन्द्र कुमार बज्राचार्य, बसुन्धरा चौहान, कविराज घिमिरे, आर सी. रिजाल, गोविन्द घिमिरे, डिल्लीराज अर्याल लगायतका स्रष्टाले आआफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गीत, कविता भजन, लघुकथा, मुक्तक लगायतका विविध विधाका, विविध भावका रचना प्रस्तुत भएका थिए भने प्रमुख अतिथि घिमिरेले आफ्नो मन्तव्यका क्रममा रचनामाथि टिप्पणी समेत गर्नुभएको थियो । कार्यक्रममा समाजका कोषाध्यक्ष खोलाघरेले संक्षिप्तमा राष्ट्रकविको परिचय प्रस्तुत गर्नु भएको थियो । प्रमुख अतिथि घिमिरेले वाचित रचनामाथि टिप्पणी गर्दै आफ्ना भनाइ राख्नुभएको थियो ।
कपिल अर्याल, अनुज रिमाल लगायतका सभ्य श्रोताको उपस्थिति रहेको सो कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष अर्यालले राष्ट्रकविको स्मरण गर्दै उहाँको राजेश्वरी खण्डकाव्यबाट केही कविता वाचनसहित उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सभाध्यक्षको अनुमतिले सभा विसर्जन गर्नुभएको थियो ।
०००
डिल्लीराज अर्यालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































