साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि शैलेन घिमिरेको कविताकृति `अनुभूतिका रङहरू´ लाेकार्पण

सङ्गमका अध्यक्ष मधु पाेखरेलकाे सभाध्यक्षता, प्रखर प्रगतिवादी कवि कुन्ता शर्माको प्रमुख आतिथ्य,वरिष्ठ समालोचक प्रा. डा.टङ्क न्याैपाने, वरिष्ठ कवि विवश पाेखरेल, प्राज्ञ खेम नेपाली लगायतकाे उपस्थिति थियाे ।

Nepal Telecom ad

विराटनगर, माेरङ, २०८२ असाेज ११ । कवि शैलेन घिमिरेको कवितासङ्ग्रह `अनुभूतिका रङहरू´ लाेकार्पण गरियो । विराट साहित्य सङ्गमकाे आयाेजना र `आलेख´ साहित्यिक मासिककाे प्रायोजनमा एलिट क्लब विराटनगरको सभाकक्षमा सम्पन्न भएकाे हाे ।

सङ्गमका अध्यक्ष मधु पाेखरेलकाे सभाध्यक्षता, प्रखर प्रगतिवादी कवि कुन्ता शर्माको प्रमुख आतिथ्य,वरिष्ठ समालोचक प्रा. डा.टङ्क न्याैपाने, वरिष्ठ कवि विवश पाेखरेल, प्राज्ञ खेम नेपाली, साहित्यकार केशव सुनाम,साहित्यकार गङ्गा सुवेदीकाे विशिष्ट आतिथ्य ,प्रा. डा. चक्रपाणि खनाल, प्रा. डा.खगेन्द्र आचार्य, प्रा. डा.मेदनीप्रसाद नेपाल, डा.इन्दिरा आचार्य मिश्र,कवि मीनकुमार श्रेष्ठ `नवाेदित´, कवि दिनेश सुवेदी, कवि बुद्धदेव प्रसाद घिमिरे, सङ्गीतगुरु कुशेश्वर राई, प्रा. डा. मीनराज ढकाल ,कवि यज्ञ सुवेदी, राजनीतिक विश्लेषक दिनेश श्रेष्ठ र दीपेन्द्र घिमिरेको आतिथ्य र साहित्यकार भवानीप्रसाद पाेखरेल, कवि केशु विरही, कवि नवराज नवशिला, कवि प्रिन्स प्रमाेद ढकाल, कवि गाेपाल निर्भीक,कवि शङ्कर सुवेदी उत्स,साहित्यकार जे. बी. खत्री,कवि तथा पत्रकार सुजाता राई, कवि भीम काेइराला, कवि जीवन काफ्ले, कवि शिवनारायण सिङ्गल, कवि गाेविन्द ढुङ्गाना, कवि अम्बिका खरेल उप्रेती लगायत लगभग १५० जनाकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा स्वागत मन्तव्य कविता केशरी, कृतिकारकाे परिचय कवि अच्युत घिमिरे, कृतिसमीक्षा निर्मला काेइराला र कार्यक्रमसञ्चालन कवि हरि कट्टेलले गरेका थिए ।

कार्यक्रममा भरत बर्बरिकले सङ्ग्रहभित्रकाे `यात्रा सुरु गरिरहेछु´शीर्षकको कविताको बेजोड अभिनयात्मक प्रस्तुति गरेका थिए भने डाेमी कामतले लालटिन र कर्ण सञ्जयले जीवन, यात्रा र बिसाैनीहरू कविताकाे मैथिली अनुवाद गरेर वाचन गरेका थिए । यसरी नै कृतिभित्रबाट प्रयाग न्याैपानेले बुवा,नानुमैया दाहालले पिँध, उमेश लुइँटेलले बाटाे र रञ्जना भट्टराईले यात्रा जिन्दगीको शीर्षकको कविता वाचन गरेका थिए ।

खेम नेपाली, केशव सुनाम, डा. इन्दिरा आचार्य मिश्र, गङ्गा सुवेदी, विवश पाेखरेल, प्रा. डा. टङ्क न्याैपाने र प्रमुख अतिथि कुन्ता शर्माले कवि शैलेन घिमिरेकाे लाेकार्पित कृतिभित्रका कविताहरू उद्धरण गर्दै नेपाली कवितासाहित्यमा उनकाे याेगदानकाे चर्चा गरेका थिए ।

अन्त्यमा कवि शैलेन घिमिरेले उपस्थित स्रष्टाहरूलाई धन्यवाद ज्ञापन र सभाध्यक्ष मधु पाेखरेलबाट मन्तव्यसहित सभा विसर्जन गरियो ।

०००
अच्युत घिमिरेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x