साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाकरी

विधीलाई नफेरे चाकारीको नाटक जिवन्त रहन्छ मनले मस्तिष्कका हीन भावका रजाइँलाई सहन्छ हज्जारौं वर्षको दास वृत्ति कसरी 'फु' मा हराउला ? एथास्थितिमा समाजको गति पिछ्लग्गु हुदै बहन्छ ।

Nepal Telecom ad

ई. कुमार खड्का :

सुमेरु परिक्रमाको दिव्य अठोट कुमारले जगाउदा
खोजपत्तो छैन चिन्ताको भुमरी कैलाशमा छाउदा
सुमेरुनै हुन् माता र पिता भनि पाउ ढोग्दा गणेशले
चाकरी उत्तम प्रमाणित हुन्छ वरदान अघि पाउदा ।

सृष्टिकर्ता ब्रम्हाजीको मठ, मन्दिर नहुदा भ्रममा
संहारको त्रासले लिङ्ग पुजन, शिबको आराधनामा
सत्यवादी युधिष्ठिरको नाम, काम फिका छ, बरु
शक्ति पूजन या भिमको मान जात्रा,होम,अर्चनामा ।

सर्प दोष दमनगर्ने गरुडको कर्मले मर्म छुदैन
विषधारी सर्प, नाग रुपमा पुजा नगरी धर हुदैन
तिघ्रेतन्त्र र शक्ति पात्र सम्मानित हुने समाज यो
विकृत संस्कारमा चेत नहुदा त्यो आँखा रसाउदैन ?

स्वाभिमानको छातीमा फूलको सुगन्ध बसाउछ
दासताको चङ्गुलले जरो मौलिकताकै धसाउँछ
चोरी, ढाँटमै मस्तिको जीवन जिउने रवैया कलिमा
आत्मसम्मान ध्वस्त हुदै गए अस्तित्वहिन गराउछ ।

विधीलाई नफेरे चाकारीको नाटक जिवन्त रहन्छ
मनले मस्तिष्कका हीन भावका रजाइँलाई सहन्छ
हज्जारौं वर्षको दास वृत्ति कसरी ‘फु’ मा हराउला ?
एथास्थितिमा समाजको गति पिछ्लग्गु हुदै बहन्छ ।

०००
आलापोट, काठमाण्डौं ।
२०८१/१०/२६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x