साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कन्फ्युजन

महादेवले प्रसन्न भएर द्राैपदीलाई पाँच पटक "तथास्तु" भनेर पाँचवटा पति पारेजस्तै "तथास्तु" भनिदिए र ती महिलाको जीवनमा महादेवजस्तै अर्धनग्न र गँजेडी पति परेकाे खण्डमा त्यसलाई उनीहरू वरदान मान्लान् कि अभिशाप !

Nepal Telecom ad

रमेश समर्थन :

एक दिन पूजा गर्दै गर्दा बुढीका आँखा कुनै देवताकाे तस्वीरमा परेछन् । तस्वीरकाे देवताकाे मुसुक्क परेकाे अनुहार हेरेर आरती गर्दागर्दै उनले आरती गाउन छाडेर गाउन थालिछन् – “मुसुमुसु हाँसिदेऊ न लै लै मुसुमुसु हाँसिदेऊ !”

हिँजाे म पूजा गर्दै थिएँ र मेरा आँखा त्यहाँ रहेका लक्ष्मीनारायण , सीताराम, राधाकृष्ण र गाैरीशङ्करका तस्वीरमा यसरी अडिए मानाैं म ती तस्वीरहरू पहिलाे पटक देख्दै छु । मैले पहिले विष्णु र उनका अवतार राम र कृष्णलाई हेरें र उनीहरूसँगै रहेकी लक्ष्मी , सीता र राधाकाे रूपसँग तुलना गरें ।

अरे ! कति धेरै साम्य छ यिनमा ? यी देवी र देवमा ? दुबैकाे शिरमा मुकुट, दुबैका लामा केश, दुबैका आँखिभाैं आइब्राे पेनसिलले मिलाएका जस्ता, दुबैका ओठ लाली लगाएका जस्ता, दुबैका कानमा कुण्डल, दुबैका कण्ठमा कलात्मक स्वर्णहार, दुबैकाे अधाेवस्त्र रङ्गीन, दुबैका हातमा बाहुबन्ध र कङ्गन, दुबैका पाउमा पाइजू ! अन्तर छ त पुरुष रूप श्याम र स्त्री रूप गाैरवर्णकाे छ । देवीले चाेली लगाएकी छन् भने पुरुषले उत्तरीय झुन्ड्याएका छन् । मलाई पहिलाे कन्फ्युजन भयाे यी देवहरू अर्धनारीश्वर हुन् कि देवीहरू अर्धनरेश्वरी हुन् ?

तर अर्धनारीश्वर त महादेवलाई पाे भनिन्छ ? के उनमा पनि यस्तै रूप छ ? मैले गाैरीशङ्करकाे तस्वीरलाई निकै गहिरिएर हेरें । अहँ, कतै केही साम्य छैन जसबाट शङ्करलाई अर्धनारीश्वर वा गाैरीलाई अर्धनरेश्वरी भन्न मिलाेस् । शङ्करका लट्टा परेका कपालकाे गुजुल्टाे त गाैरीकाे स्वर्णमुकुट, गाैरीकाे कण्ठमा स्वर्णहार त शङ्करकाे घाँटीमा नागहार, गाैरीका कानमा कलात्मक कुण्डल त शङ्करका कानमा कनफट्टा जाेगीले लाउनेजस्ता कुण्डल, पार्वतीका देह सुकाेमल त शिवकाे शरीर अरराे परेकाे, पार्वतीकाे वस्त्र रेसमी त शिवकाे बाघछाला, महेश्वरका पाउमा माेटामाेटा कडिया त उमाका पाउमा पाइजू । खै कहाँ छ यहाँ अर्धनारी वा अर्धनर रूप ? बरु उता छ अर्धमाथि अर्धकाे अर्ध प्लस गरेर हुनेभन्दा बढी नारीरूप वा नररूप । त किन भने हाेलान् शिवलाई अर्धनारीश्वर भनेर ? म कन्फ्युजनमा परें ।

लाैकिक जीवनमा यदि कुनै पुरुष यी देवताकाे जस्ताे पहिरनमा देखियाेस् त हाम्रा धारणाहरू फेरिन्छन् । उनीहरू कि क्लीब हुन्छन् कि जउवा हुन्छन् । म त भन्छु, तपाईं हामीले के कुनै देवी देवताकाे कुनै कुरा आफूमा स्थापित गर्न सकेका छाैं ? छैनाैं । अनि तिनले गुणकाे नभए पनि देवरूपकाे त अनुकृति गरेका छन् । धन्य छन् फुलमेकअपमा हिँड्ने छाेरानाति र अर्धनग्न हुने छाेरीनातिनी ! केही त देवत्व रहेछ उनीहरूमा !

अनि म कन्फ्युजनमा पर्छु त्यति बेला जब हाम्रा नारीहरू महादेवजस्तै पति पाऊँ भनेर व्रत बस्छन् । के कुनै दिन महादेवले प्रसन्न भएर द्राैपदीलाई पाँच पटक “तथास्तु” भनेर पाँचवटा पति पारेजस्तै “तथास्तु” भनिदिए र ती महिलाको जीवनमा महादेवजस्तै अर्धनग्न र गँजेडी पति परेकाे खण्डमा त्यसलाई उनीहरू वरदान मान्लान् कि अभिशाप !

अनि हाम्रा यस्ती महिलाहरूले मेराे लाेग्ने गँजेडी, भँगेडी र नसालु पदार्थ सेवन गर्छ भनेर प्रहरीलाई कम्प्लेन गरेकाे कुराले पनि कन्फ्युजन बढाउँछ किनभने म बुझ्न सक्दिनँ कि चाहेकाे वर पाउँदा पनि केकाे गुनासाे !

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
फागुका तीन लाेला

फागुका तीन लाेला

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x