साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिसन– ८४

जताततै मेरै नाम छ पैसा धेरै गन्या छ पटक पटक मन्त्री हुन्छस जोतिसीले भन्या छ । लौ है भोट दिनु मलाई नै मेरै खप्पर दह्रो छ आफ्‌ना वचन पूरा गर्न यो कोर्काली खरो छ ।

Nepal Telecom ad

हरि कोर्काली :

साथीहरू म पनि त
झुटो बोल्न सिक्दै छु
आगामी चुनाव लड्ने सुरले
उखान तुक्का घोक्तै छु ।

अरूको देश–विदेशमै खाता
डलरै डलरको खेती छ
आफ्‌नो चाहिं खल्ती खाली
ऋणै ऋणको गति छ ।

अरूका चोक–चोकमै महल
मेरो गाउँमै झोपडी छ
तपाइँहरूको पत्यार पाए
मन्त्री नै हान्ने खोपडी छ ।

खोपडीलाई थपडी दिन
चुनाव लड्न खोज्दै छु
भोट दिन नभुल्नु है
ओठ चिन्ह राज्दै छु ।

ओठ नै किन भन्नुहोला
बोल्न चाहिने ओठ नै हो
गर्नुओर्नु पर्दैन केही
मन्त्री बन्नु बोल्नै हो ।

छ्यास्स चुनाव जित्न पाए
सोजै मन्त्री पड्काउँथें
साथ दिने साथीहरूको
भाग्यको तेज भड्काउँथें ।

छोटो कदले के भो त
मोटो पित्ले भुँडी छ
गजेट बजेट जम्मै अट्छ–
च्याट्ट कस्न घुँडी छ ।

मन्त्री भए पैसैपैसा
छतमा ट्याङ्की थप्ने थें
सम्धी, साला, सालीको पनि
पानीट्याङ्की भर्ने थें ।

सिंहासनमा बसी गर्थें
अरबौंमा हिसाब
साथी–भाइलाई पिलाइ दिन्थें
फुत्किउन्जेल पिसाब ।

जताततै मेरै नाम छ
पैसा धेरै गन्या छ
पटक पटक मन्त्री हुन्छस
जोतिसीले भन्या छ ।

लौ है भोट दिनु मलाई नै
मेरै खप्पर दह्रो छ
आफ्‌ना वचन पूरा गर्न
यो कोर्काली खरो छ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x