साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियतिको लीला

बोली अक्कडता मिठासपन खै संस्कार बेग्लै थियो । जाग्दै बस्छ सदैव कौतुहलता निभ्दै गरेको दियो ॥ काँडा फुल्दछ बागमा कुसुम झैँ मीठो छरी बासना । प्यारा शासकको बिचार धमिलो देखिन्छ नग्नोपना ॥

Nepal Telecom ad

हेमराज पन्त :

यी सञ्जाल भरेर तस्बिर बसे सौन्दर्य तिम्रो बनी ।
यस्तो नक्कल चालको चपलता चाञ्चल्य भाका धनी ॥
कस्तो दृश्य अचम्मको मुलुकमा आफ्ना विराना हुँदा ।
सारा लास लुटी बसे महलमा यी दुष्ट आँखा रुँदा ॥

तिम्रो त्यो मन चञ्चले मगजको अग्लो सिरानी बरा ।
माया, भाव सदैव मुर्छित भयो देखिन्छ बाँझो गरा ॥
कोही रुन्छ अनाथ झैँ मुलुकमा हाँसेर बस्थे कुनै ।
छोपे जाल नचाउँदै दनुजले पापी र जाली उनै ॥

भोकाको भर हुन्छ भन्छ दुनियाँ भित्ता र छानो कस ।
खोज्छौ सत्य सधैं लुकाउन तिमी सानो दुलामा पस ॥
आँखा तर्छ तरक्क तर्क नहुँदा भाषा बिरामी हुँदा ।
तिम्रो लोभ र लालची दिन बिते नग्नो तिमीले छुँदा ॥

बोली अक्कडता मिठासपन खै संस्कार बेग्लै थियो ।
जाग्दै बस्छ सदैव कौतुहलता निभ्दै गरेको दियो ॥
काँडा फुल्दछ बागमा कुसुम झैँ मीठो छरी बासना ।
प्यारा शासकको बिचार धमिलो देखिन्छ नग्नोपना ॥

आफ्नो कर्म, विचार, भाव अथवा आचार चिन्नेहरू ।
अर्काको घरवारमा नजरले गाडेर छिन्नेहरू ॥
ब्वाँसा स्याल बनी चुसे रगत यो मान्छे बिगारी तर ।
पोका बोक्छु म कष्टका हृदयमा फर्केर आए घर ॥

०००
पाटन २ सिलङ्गा,बैतडी
हालः-पहलमानपुर,कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
नव दास

नव दास

हेमराज पन्त
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x