साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घामको प्रेरणा

उज्यालो बाँड्दै ओर्लिन्छ घाम हिँड्नेहरूलाई बाटो देखाउन । तर, आँखा भएकाजति सबैले बाटो देख्दैनन् जसले पथ पहिल्याएर देखाउँछ त्यही आँखाको पछि लाग्छन् अरू आँखा ऊ प्रेरणा बन्छ ।

Nepal Telecom ad

युवराज भण्डारी :

घामको पहिलो किरण
कसलाई पो मन नपर्ला !
पातभरि
चिसो आँसुले भिजेर
न्यानो स्पर्शको प्रतीक्षामा हुन्छन्
रुख–बिरुवाहरू
गरिबीका छेदबाट पसेको स्याँठले
कठाङग्रिएका जिउभरि
असुरक्षाले काँपेका मन लिएर
न्यानो घाम
कुरिरहेका हुन्छन्—
सुकुमबासीका सपनाहरू
अनि, सडकमा हात फैलाइरहेका पेटहरू !
मिरमिरे बिहानी
सबैले पर्खिरहेका हुन्छन्— दैलो उधार्न ।

महलको ढोकाबाट छिर्ने घाम
झुपडीको ढोकाबाट पनि पस्छ
घामका किरणहरू असमानता मान्दैनन्
विभेद मान्दैनन्
सबैलाई समान रूपले स्पर्श गर्छन्
सबैलाई उत्तिकै न्यानो दिन्छन्
उज्यालोको प्रवेशले
आरम्भको आभास सबैलाई दिन्छ ।

उज्यालो बाँड्दै ओर्लिन्छ घाम
हिँड्नेहरूलाई बाटो देखाउन ।

तर, आँखा भएकाजति
सबैले बाटो देख्दैनन्
जसले पथ पहिल्याएर देखाउँछ
त्यही आँखाको पछि लाग्छन् अरू आँखा
ऊ प्रेरणा बन्छ ।

०००
तनहुँ, हाल: क्यानडा
‘अर्को कर्नाली’ कवितासङ्ग्रह (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x