साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नैतिकता बिर्सनुहोस् पूरै

Nepal Telecom ad

युवराज भण्डारी :

कहाँ अवसर पनि योग्यता अनुसार आउँछ
पहुँच हुनेलाई मात्र मौका बारम्बार आउँछ ।

खुसी छन् झुपडीमा महलको सपना देख्ने
महलमा बस्नेको गुनासो लगातार आउँछ ।

अद्यावधिक भएर सामाजिक सञ्जालमा
जन्मदेखि मृत्युसम्मको समाचार आउँछ ।

सत्ता सोच्नुहोस् र नैतिकता बिर्सनुहोस् पूरै
अयोग्यको प्रथम सूचीमा इमानदार आउँछ ।

जनताले चाहेर हुने होइन गुणस्तर वृद्धि
सरकार प्रतिबद्ध भए मात्र सुधार आउँछ ।

हामी सबैले मिलेर राम्रो तयारी गरी राखौँ
हर शताब्दीमा एक नयाँ अन्धकार आउँछ ।

०००
तनहुँ, हाल: क्यानडा
‘भावनाको तस्वीर’ गजलसङ्ग्रह (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x