साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिहान

मनमा धेरै कुराहरू थिए तर यो घाटमा म धेरै बोल्न चाहन्न । धनपतीको आत्माले शान्ति पावस्र भन्दै मेरा दुई शब्द यही अन्त्य गर्दछु।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“धनपति लामो समयसम्म बिमार थियो आज दुखत् मृत्यु भयो।”- र घाट लिएर जानेक्रममा बाटामा रामलालले नेता वियोगीलाई गाथा सुनाए। नेताको घर बाटैमा थियो।

“समय त छैन ! तर म पनि आउँछु राती राजधानीबाट फर्केको हु।”- भन्दै वियोगी पनि पछि-पछि लाग्यो।

घाट पनि नजिकै थियो । घाटमा लगियो धनपतीको मृत शरीर दोहनको लागि दाउराको चाङमा राखियो।
चिने नचिनेका विभिन्न पार्टी समुदायका गाउँलेहरू पनि घाटमा पुगे । छिमेकीको नाताले।

आगो लगाउँनु भन्दा पहिले रामलालले उसको बारेमा केही बोल्यो र नेतालाई पनि दुई शब्द राख्न अनुरोध गर्यो।
“कृपया हाम्रा नेता वियाेगीले धनपतीको मृत शरीरमा यो हाम्रो पार्टीको झण्डा ओढाइदिन हुन र दुइ शब्दा राख्न म अनुरोध गर्दछु।”-एउटा झण्डा दिँदै रामलालले भन्यो।

नेताले लासमाथि उक्त झण्डा ओडाए र भन्न थाले-
“आजको यो दुखत् घडीमा उहाँप्रति म र हाम्रो पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
हामी मर्दा पर्दा एक आर्काको काम नआए कस्को आउँने ? आज देश भ्रष्टाचारमा डुबेको छ। नेताहरू पैसाको मोहमा पदको मदमा डुबेका छन् ।” उनी अगाडि बोल्दै गए “देशमा अब चुनाव नजिकै छ हजुर सबैलाई म बिनम्र अनुरोध गर्छु हाम्रो पार्टीलाई भोट दिनुहोला।”

“सर लामो भयो कि ?”- रामलालले कानमा सुस्तरी भन्यो।
“हामीले भाषण गर्दैनौँ काम गर्छौँ । नपताए हेर्नोहोस् म अस्ति साँझ राजधानीमा थिएँ। आदरणीय धनपतीजी बिमार भएको जानकारी पाउँना साथ राती जहाजबाट घरमा पुगेँ। यो हाम्रो गाउँको व्यक्ति थियो। मेरो प्यारो छिमेकी थियो ! ऊ बोल्दाबोल्दै घन्टा पार भयो। “सर यो घाट हो घडी हेर्नोस् त ।”- रामलालको आवाज फेरि उसकाे कानमा पुग्यो।

“मनमा धेरै कुराहरू थिए तर यो घाटमा म धेरै बोल्न चाहन्न । धनपतीको आत्माले शान्ति पावस्र भन्दै मेरा दुई शब्द यही अन्त्य गर्दछु।”- उसले घडीतिर हेर्दै भन्यो र एक घन्टा बढी लामो भाषणको बिट मार्यो।

“नेता भाषण गर्न नपाएर खरास्सेको रैछ गाँठे।”-एक घन्टासम्म उसको भाषण सुन्दै घाममा उभिएका जनता मध्ये एकजनाले भन्यो।
“बढु खाडा परेको वर्षदिन पछि थाहा पाएछ बियोगीले बिमार भएको।”-अर्कोले सुस्तरी भन्यो।

“मृतकको छोराले चितामाआगो लगायो। आफन्तीहरू सबै उभिएका थिए।
लास जल्दै थियो नेता भने आफ्नो भाषण सक्नासाथ बाटो लाग्यो।

०००
घोराही- १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x