साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म अचानो

कतिसम्म गरूँ मैले अन्धविश्वास ....? जहाँ शान्तिका प्रतीक बुद्धलाई सयन कक्षमा मात्रै होईन देवतासँगै खोपिमा राखेर पुज्दा पनि म हरेक दिन रताम्य रगतको आहालमा डुबेकी हुन्छु ।

Nepal Telecom ad

सुचिता काफ्ले :

तिमी खुकुरी हौ, म अचानो हुँ
तिमीले बल गरी गरी रेटदा
मलाई छिया छिया भएर बाँच्ने बानी
परेको छ त्यसैले म तिम्रो चोट सहने
अचानो भएकी हुँ
तिमी घाम हौ
म जुन हुँ ! पोल मलाई
सके जतिको ,
तिमी आगो हौ मेरो छातीमा
कुल्चेर डढेलो लगाऊ
मलाई खरानी बनाऊ
र माटोमा मिसाऊ
त्यै माटोको मुचुल्का उठाएर
धर्ती भएर सहनुको
पीडा पोख्ने छु
इतिहासका अनुच्छेद भित्र
वेदका ऋचाहरू साक्षी
राखेर बक्ने छु
तिमी काँडा हौ म फूल हुँ
तिमीले मलाई पटक पटक
घोचिरहन्छौ र त केही कुराको
प्रवाह नगरी मलाई मुस्कुराउँदै
फुल्ने उर्जा मिलेको छ
नफूलूँ पनि कसरी ? लाखौँ कोपिला
जन्माउने सृष्टिको वरदान हुँ
तर फरक यत्ति छ
मैले जन्माउँछु र तिमीले हत्या गर्ने
अवसर पाएका छौ
नत्र कसरी आँट आउँथ्यो
राक्षसी तरिकाले रगतको खेलेर होली
विजया उत्सव मनाउन
त्यो पनि निर्मम तरिकाले
म बोल्न सक्दिन मौनता सँगै
सहन्छु सारा पीडाहरू
किनकी सोझा र निरीहहरूको
सपना लुटिएको यो अपराधी थलोमा
मुख टालेर बाध्य भै जिएकी छु
सत्य ओकल्न
जमर्को गर्ने यी ओठहरू
डरैडरमा पलपल सिएकी छु
विभेदको भोटे ताल्चा मार्ने
बस्तीमा कसरी
कुन आधारमा गाउँ मैले
तिम्रो राष्ट्रियगान ?
स्वयम्भूका ती दुई आँखालाई सोध
मेरा व्यथामा तिमीले नुनचुक
दलिदिँदा उनलाई दुख्यो दुखेन ……?
गाईको मुत खाएर पुण्य मिल्छ
भन्ने समाजमा
कतिसम्म गरूँ मैले अन्धविश्वास ….?
जहाँ शान्तिका प्रतीक बुद्धलाई
सयन कक्षमा मात्रै होईन
देवतासँगै खोपिमा राखेर पुज्दा पनि
म हरेक दिन रताम्य रगतको
आहालमा डुबेकी हुन्छु
भन …..
अनि कसरी सफल हुन सक्छु म,
यो कहाली लाग्दो युद्ध लडेर
विजेता बन्न तिम्रो सामु …. ।

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x