साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लँगौटी च्यातेर कुसुमे रुमाल

फर्सीको जरा पचाइसकेको तपाइँलाई थोरै हरफले के धित मर्ला र ? खण्डकाव्य नै वाचन गर भने पनि गर्छु भन्दै सुरु गरे -- "अँजुलिमा सूर्य बोकेर पैतालाले आँसु झार्दै उल्टो मस्तिष्क रमाउदै...."

Nepal Telecom ad

आर.सी. रिजाल :

मैले उहिलेदेखि सुन्दै आएको हो- तालुखुइलेहरु विद्वान हुन्छन् भनेको। कतौहल मेट्न म जिबा जस्तो व्यक्तिले हेटौंडाको युवा कवि पौडेललाई भेट्न पुगेँ । टाढैबाट तालुचिन्डे कवि बरन्डामा बसेको र कलम धसेको देखेँ । नगिचै पुगेर सोधेँ – के गर्दैछौ ओ भाइ ?
जवाफ- “लँगौटी च्यातेर कुसुमे रुमाल” शीर्षकमा कविता कोर्दैछु भने।

शीर्षक सुन्दैमा तालुचिन्डेहरु वास्तवमै विद्वान हुँदारैछ्न् झैँ ठाने र प्रश्नको झटारो हानेँ।
सवाल – “कता लँगौटी कता रुमाल ।” खैके खैके शीर्षक राखेकै मिलेन जस्तो लाग्यो। चितवनको गिरिको पनि तालुको रौं सिरिखुरी हुँदै गरेकोले तालतालका शीर्षक राखेर लेखेको देख्छु भने।
जवाफ- बिम्बभित्र प्रतीक घुसाएको कारण असाहित्यिक व्यक्तिलाई शीर्षक बुझ्न् कठिन भएको हो। अर्को कुरा सौराहाको गैंडा र हेटौंडाको कैंडालाई दाँज्न मिल्दैन । गैंडाले त त्साहित्यका हरेक बिधामा कलम चलाएर पाठकको मन गलाएर हैरान पारेका छ्न्।

सवाल – थोरै हरफ कविता सुनाउन मिल्छ भनेँ।
जवाफ – फर्सीको जरा पचाइसकेको तपाइँलाई थोरै हरफले के धित मर्ला र ? खण्डकाव्य नै वाचन गर भने पनि गर्छु भन्दै सुरु गरे —
“अँजुलिमा सूर्य बोकेर
पैतालाले आँसु झार्दै
उल्टो मस्तिष्क रमाउदै….”

मैले बिचैमा रोक्दै – भयो भयो। यस्तो बेजोड सिर्जनाले त पाठक फेन्टमात्र हैन रन्किन र सन्किन बेर लाउँदैन भन्दै भागेँ।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x