आर.सी. रिजाललँगौटी च्यातेर कुसुमे रुमाल
फर्सीको जरा पचाइसकेको तपाइँलाई थोरै हरफले के धित मर्ला र ? खण्डकाव्य नै वाचन गर भने पनि गर्छु भन्दै सुरु गरे -- "अँजुलिमा सूर्य बोकेर पैतालाले आँसु झार्दै उल्टो मस्तिष्क रमाउदै...."

आर.सी. रिजाल :
मैले उहिलेदेखि सुन्दै आएको हो- तालुखुइलेहरु विद्वान हुन्छन् भनेको। कतौहल मेट्न म जिबा जस्तो व्यक्तिले हेटौंडाको युवा कवि पौडेललाई भेट्न पुगेँ । टाढैबाट तालुचिन्डे कवि बरन्डामा बसेको र कलम धसेको देखेँ । नगिचै पुगेर सोधेँ – के गर्दैछौ ओ भाइ ?
जवाफ- “लँगौटी च्यातेर कुसुमे रुमाल” शीर्षकमा कविता कोर्दैछु भने।
शीर्षक सुन्दैमा तालुचिन्डेहरु वास्तवमै विद्वान हुँदारैछ्न् झैँ ठाने र प्रश्नको झटारो हानेँ।
सवाल – “कता लँगौटी कता रुमाल ।” खैके खैके शीर्षक राखेकै मिलेन जस्तो लाग्यो। चितवनको गिरिको पनि तालुको रौं सिरिखुरी हुँदै गरेकोले तालतालका शीर्षक राखेर लेखेको देख्छु भने।
जवाफ- बिम्बभित्र प्रतीक घुसाएको कारण असाहित्यिक व्यक्तिलाई शीर्षक बुझ्न् कठिन भएको हो। अर्को कुरा सौराहाको गैंडा र हेटौंडाको कैंडालाई दाँज्न मिल्दैन । गैंडाले त त्साहित्यका हरेक बिधामा कलम चलाएर पाठकको मन गलाएर हैरान पारेका छ्न्।
सवाल – थोरै हरफ कविता सुनाउन मिल्छ भनेँ।
जवाफ – फर्सीको जरा पचाइसकेको तपाइँलाई थोरै हरफले के धित मर्ला र ? खण्डकाव्य नै वाचन गर भने पनि गर्छु भन्दै सुरु गरे —
“अँजुलिमा सूर्य बोकेर
पैतालाले आँसु झार्दै
उल्टो मस्तिष्क रमाउदै….”
मैले बिचैमा रोक्दै – भयो भयो। यस्तो बेजोड सिर्जनाले त पाठक फेन्टमात्र हैन रन्किन र सन्किन बेर लाउँदैन भन्दै भागेँ।
०००
मकवानपुर
Subscribe
Login
0 Comments
Oldest







































