साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिन्न पाएको छैन

कुनै विद्यालयमा त्यस्तो पाठ्यक्रम आएकै छैन । पढ्नै नपाएकोले होला मैले गाउँ शहर चिन्न पाएकै छैन समाज, देश त परकै कुरो भयो आफ्नै बाआमालाई पनि चिन्न भ्याएको छैन ।

Nepal Telecom ad

डिल्लीराज अर्याल :

मलाई ‘बा’काबारेमा केही पनि पढाइएन
कुनै कक्षामा तिनकाबारेमा केही सिकाइएन
आमाका बारेमा पनि मलाई केही बताइएन
तिनकाबारेमा पाठ्यपुस्तकमा केही भेटाइएन
त्यसैले होला,
मलाई तिनकाबारेमा कुनै आवश्यक ज्ञानै छैन
बाआमा को हुन्? के हुन्? भन्ने कुरा थाहै छैन ।
मेरा बाआमा अहिले कुन्नि कहाँ छन्? के गर्दैछन्?
तिनको क्षमता र महत्त्वको अनुमान गर्न पाएकै छैन
किनकि
मैले बाआमाका बारेमा पढ्न पाएकै छैन।
म मान्छे, मलाई जे पनि पढ्नैपर्छ
मलाई पढेको कुरा मात्र थाहा हुने गर्छ
नपढेको कुरो मलाई थाहा हुँदै हुँदैन
र त बाआमाकैबारेमा पनि ज्ञान हुँदैन
आफ्नै गाउँ, शहरबारे पनि ज्ञान हुँदैन
मैले शिष्टता र मर्यादाका कुरा बुझेकै छैन
आदर, प्रेम र सम्बन्धका कुरा सम्झेकै छैन
घर, परिवार र समाजका कुरा त सोचेकै छैन
तिनका विषयमा सोच्न, सम्झन भ्याएकै छैन
पशुपालन र खेतीपाती गर्ने कुरा जानेकै छैन
श्रमको आवश्यकता र महत्त्वबारे सुनेकै छैन
किनकि मैले तिनकाबारेमा पढ्न पाएकै छैन
कुनै विद्यालयमा त्यस्तो पाठ्यक्रम आएकै छैन ।
पढ्नै नपाएकोले होला
मैले गाउँ शहर चिन्न पाएकै छैन
समाज, देश त परकै कुरो भयो
आफ्नै बाआमालाई पनि चिन्न भ्याएको छैन,
अरू त अरू नै भए तिनको के कुरा गर्नू ?
आफू र आफ्नालाई त चिन्नु, जान्नुपर्ने हो
अहँ, मैले त आफैलाई पनि पढ्न पाएको छैन,
राम्ररी ठम्याउन भ्याएको छैन, चिन्न पाएको छैन ।

०००
पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
राय सल्लाह

राय सल्लाह

डिल्लीराज अर्याल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x