साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्याकुलकाे ‘भूकम्पका कथा–व्यथा’ सार्वजनिक

मिर्गौलाको बिरामी हुँदा पनि कृतिकारमा देखिएको उर्जाले यो पुस्तक पाठक माझ ल्याएको बताउँदै डा. दाहालले यो कृति उनको ६ दशकको साधनाको उपलब्धि भएको उल्लेख गरे ।

Nepal Telecom ad

काठमाडौं । साहित्यकार गोकुल व्याकुलद्वारा लिखित तथा सम्पादित पुस्तक ‘भूकम्पका कथा–व्यथा’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ ।

कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहालले कृतिकार व्याकुलका बारेमा बोल्दै उनको मूल परिचय कवि भएको बताए ।

यसपटक कृतिकारले २०७२, वैशाख १२ मा भोगेको भूकम्पलाई आफ्नो कृतिमा उतारेको उल्लेख गर्दै यस कृतिभित्र रहेका विषय सन्दर्भबारे बोले ।

मिर्गौलाको बिरामी हुँदा पनि कृतिकारमा देखिएको उर्जाले यो पुस्तक पाठक माझ ल्याएको बताउँदै डा. दाहालले यो कृति उनको ६ दशकको साधनाको उपलब्धि भएको उल्लेख गरे ।

प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै भूकम्पसँग जोडिएका अनेक रचना यसभित्र रहेको उल्लेख गरे । कृतिमा कूल ४१ वटा रचनाहरू समावेश भएको बताउँदै डा. कार्कीले भूकम्पको कथा व्यथा यसमा भेटिने बताए । कृतिकार गोकुल व्याकुलले आफ्नो काव्य यात्राको चर्चा गर्दै कृति तयार गर्दाको अनुभूति सुनाए ।

स्रष्टा समाजका संरक्षक साहित्यकार पवन आलोकले कृतिकार र आफू अरुण नदी वारिपारिको भएको चर्चा गर्दै उनीसँग विराटनगरमा परिचित भएको बताए । आलोकले यो उमेरमा पनि उनको साहित्यिक सक्रियताको चर्चा गरे ।

साहित्यकार श्रीओम श्रेष्ठ रोदनले ०७२ सालको भूकम्पको प्रसंग उठाउँदै त्यसबेला सडक सडकमा पुगेर रात बिताउनेहरूले भूकम्प बिर्सिसकेको बताए । उनले गोकुल व्याकुलले तिनै सन्दर्भको दस्तावेजीकरण गरेको बताए ।

पुस्तक कृतिकारकी पत्नी सूर्यकुमारी भण्डारीले प्रकाशनमा ल्याएकी हुन् ।

०००
प्रदीप सापकाेटाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x