साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राय सल्लाह

मलाई एउटा कुरा भन त- ‘तिम्रा छोराले आफूले कमाएको धनको हिसाब किताब जस्ताको तस्तै बताउँछन् ? दिन्छन् ?’ ‘त्यो त भन्न सक्दिन।’

Nepal Telecom ad

डिल्लीराज अर्याल :

मदन मारवाडीको पसलमा बस्न थालेको धेरै वर्ष भैसकेको थियो। अब आफूले जम्मा गरेको पैसाले एउटा बस किन्ने र बस सेवा चलाउने विचारमा थियो।
एकदिन उसले मारवाडी साहूसँग भन्यो-‘साहूजी मैले पनि आफै व्यवसाय चलाउने सोच बनाएको छु। सधै जागिर खाएर मात्र के हुन्छ र? आफै केही गर्नपर्छ भन्ने सोच आएको छ।

साहूले सोध्यो-‘के गर्ने सोच बनाएका छौ? कति लगानी लगाउन सक्छौ ?’
उसले भन्यो- ‘अहिले तत्काललाई एउटा बस किनेर चलाउन दिने विचारमा छु।’
‘अनि मकहाँको काम छोड्छौ ?’

‘होइन,अहिलेलाई छोड्दिनँ।’
‘अनि बसमा को हिंड्छ? कसले हेर्छ त ?’
‘एउटा ड्राइभर, एउटा कन्डक्टर खोजुँला नि।’

‘तिम्रो व्यवसाय त्यसरी चल्छ त ?’
‘सबैले चलाएकै छन्। मेरो पनि चल्ला नि।’

मलाई एउटा कुरा भन त- ‘तिम्रा छोराले आफूले कमाएको धनको हिसाब किताब जस्ताको तस्तै बताउँछन् ? दिन्छन् ?’
‘त्यो त भन्न सक्दिन।’

‘व्यवहारमा बेइमानी गर्दैनन् भन्नेमा ढुक्क छौ ?
‘त्यो पनि भन्न सक्दिनँ ।’

‘जब सन्तानकै इमान्दारीमा ढुक्क हुन्नौ भने अरूमा ढुक्क हुन सक्छौ ? अनि तिम्रो व्यवसाय चल्छ ? अहँ, तिमी व्यवसाय गर्दैनौ । गर्ने हो भने या जागिर छोडेर गर या त हातै नहाल।’

०००
पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x