साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुङ्ने यहाँ को छ र ?

माटो चन्दनझैँ छ देश शिरझैँ, भन्दै धरा पुज्छ को ? किल्ला यो बलभद्रको अमरको, ठान्दै कला सिक्छ को ? पुर्खाका बल बुद्धि त्याग तपका पुज्ने यहाँ को छ र ? मेरो देश सुवीरका सगर हो, भन्ने यहाँ को छ र ?

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

कच्चा सोचविचारले मनुजमा, सुद्धी कहाँ खुल्छ र ?
मान्छे मत्त भई उदात्त सपना, देखेर के हुन्छ र ?
राम्रा मौलिक योजना पर भए, निर्माण के हुन्छ र ?
साँच्चै पौरख गर्न खट्न नसके, आभा उसै मिल्छ र ? -१

भित्री सोच खराब भ्रष्ट छ भने,चेप्रो घसी हुन्छ के ?
मान्छेको व्यवहार शून्य छ भने, सिद्धान्तले गर्छ के ?
राखी चक्कु पकेटमा अधमले गीता पढी हुन्छ के ?
कालो कर्तुतले चल्यो यदि भने, माला जपी हुन्छ के ?-२

व्यर्थैको परिलक्ष्यहीन पथको, यात्रा गरी अर्थ के ?
टुङ्गोसम्म पुगेर जित्न नसके, दौडेर त्यो हुन्छ के ?
बेकम्मा रसहीन लेख रचना, लेखेर त्यो हुन्छ के ?
सुन्नेका दिल कर्ण तृप्त नहुने, बाचेर पो हुन्छ के ?-३

शिक्षा लिन्छु भनी बरालिन गए, दीक्षा उसै मिल्छ र ?
मान्छेका मिहिनेतका शिखर छन् , डाहा गरी हुन्छ र ?
अर्काले गतिलो भनोस् कि नभन‍ोस्, आफैँ ठुलो हुन्छ को ?
उम्दा यान रकेट हाँक्न नसके, आकाशमा उड्छ को ? -४

माटो चन्दनझैँ छ देश शिरझैँ, भन्दै धरा पुज्छ को ?
किल्ला यो बलभद्रको अमरको, ठान्दै कला सिक्छ को ?
पुर्खाका बल बुद्धि त्याग तपका पुज्ने यहाँ को छ र ?
मेरो देश सुवीरका सगर हो, भन्ने यहाँ को छ र ? -५

हाम्रा सन्ततिजत्ति बाहिर गए, र‍ोक्ने यहाँ को छ र ?
बारीखेत कुँडार बाँझिन पुगे, खन्ने यहाँ को छ र ?
पाका मानिस मात्र छन् घरघरै, पाल्ने यहाँ को छ र ?
चौतारो पनि रुन्छ आज भयले, रुङ्ने यहाँ को छ र ?-६

०००
वि.न.पा.-४, बट्टार,नुवाकोट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x