साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोमामा देश

भर्न जानेनन् कसैले रित्याउन मात्रै जाने जोड्न जानेनन् कसैले चुँड्न मात्रै जाने हँसाउन जानेनन् कसैले रुवाउन मात्रै जाने मिल्न जानेनन् कसैले झगडा गर्न मात्रै जाने ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

एउटाले हेर्नलाई काम लाग्छ
आँखा लान्छु भन्यो
अर्कोले लुट्न काम लाग्छ हात लान्छु भन्यो
र अर्कोले भाग्न काम लाग्छ
खुट्टा लान्छु भन्यो ।
भर्न जानेनन् कसैले
रित्याउन मात्रै जाने
जोड्न जानेनन् कसैले
चुँड्न मात्रै जाने
हँसाउन जानेनन् कसैले
रुवाउन मात्रै जाने
मिल्न जानेनन् कसैले
झगडा गर्न मात्रै जाने ।

एउटाले सोच्नलाई काम लाग्छ
दिमाग लान्छु भन्यो
अर्कोले पिउनलाई काम लाग्छ
रगत लान्छु भन्यो
र अर्कोले सूप बनाउनलाई काम लाग्छ
हाडखोर लान्छु भन्यो ।

मेरो देश अहिले सिकिस्त बिरामी छ
र कोमामा बसेर उपचार गरिरहेको छ ।

०००
हेटौंडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x