भोलानाथ सुबेदीगुनासो
जीवन मेरो कसरी बित्ला टाउकोको चस्मा कसले झिक्ला अनेक तर्क वितर्क गर्छु फुर्सद नहुनेमा पहिलो पर्छु । गुनासो कति गरौँ मैले तपाईंकोमा के छ अहिले ॥

भोलानाथ सुवेदी :
टाउकोमा चस्मा लगाउनेसँग
बिहे भयो मेरो कमाउनेसँग ।
कुखुराको साँप्रो चपाउँछु भन्छे
सबैमा रजाइँ जमाउँछु भन्छे ॥
घर उसलाई ठुलो चाहिने
कोठामा ऐना दराज चाहिने ।
बरण्डामा कुकुर भुकाउने अरे
सबैमा रजाइँ जमाउने अरे ॥
घरीघरी कार बाइकमा सवारी
महंगो घडी जुत्ता र सारी ।
पोइ म उस्तै काले दारी
बस्छु भन्छे मेख मारी ॥
अल्छीमा ऊ सबैलाई जित्ने
कामले हैन कुराले पिट्ने ।
बिहान ऊ दस बजे उठ्ने
भात खाको थालमा हात चुठ्ने ॥
टाउकोमा कालो दल्ने परिछ
अल्छीमा डिग्री उसले गरिछ ।
जीवन मेरो कसरी बित्ला
टाउकोको चस्मा कसले झिक्ला ॥
अनेक तर्क वितर्क गर्छु
फुर्सद नहुनेमा पहिलो पर्छु ।
गुनासो कति गरौँ मैले
तपाईंकोमा के छ अहिले ॥
हालखबर केही नसोध्नु होला
चस्मा कसले निकाली देला ।
भन्ने चिन्ता मनमा राखी
बस्छु म सधैँ मन भारी पारी ॥
०००
(९८४३०५४१६१)
Subscribe
Login
0 Comments
Oldest







































