साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुनासो

जीवन मेरो कसरी बित्ला टाउकोको चस्मा कसले झिक्ला अनेक तर्क वितर्क गर्छु फुर्सद नहुनेमा पहिलो पर्छु । गुनासो कति गरौँ मैले तपाईंकोमा के छ अहिले ॥

Nepal Telecom ad

भोलानाथ सुवेदी :

टाउकोमा चस्मा लगाउनेसँग
बिहे भयो मेरो कमाउनेसँग ।
कुखुराको साँप्रो चपाउँछु भन्छे
सबैमा रजाइँ जमाउँछु भन्छे ॥

घर उसलाई ठुलो चाहिने
कोठामा ऐना दराज चाहिने ।
बरण्डामा कुकुर भुकाउने अरे
सबैमा रजाइँ जमाउने अरे ॥

घरीघरी कार बाइकमा सवारी
महंगो घडी जुत्ता र सारी ।
पोइ म उस्तै काले दारी
बस्छु भन्छे मेख मारी ॥

अल्छीमा ऊ सबैलाई जित्ने
कामले हैन कुराले पिट्ने ।
बिहान ऊ दस बजे उठ्ने
भात खाको थालमा हात चुठ्ने ॥

टाउकोमा कालो दल्ने परिछ
अल्छीमा डिग्री उसले गरिछ ।
जीवन मेरो कसरी बित्ला
टाउकोको चस्मा कसले झिक्ला ॥

अनेक तर्क वितर्क गर्छु
फुर्सद नहुनेमा पहिलो पर्छु ।
गुनासो कति गरौँ मैले
तपाईंकोमा के छ अहिले ॥

हालखबर केही नसोध्नु होला
चस्मा कसले निकाली देला ।
भन्ने चिन्ता मनमा राखी
बस्छु म सधैँ मन भारी पारी ॥

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x