साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गल्ती

‘तिनलाई कानुनको दायरामा ल्याउनु पर्छ नि आमा’ ऊ भन्दै थिई । ‘नाप्यौ ! सबै सन्तान झगडालु भए । मैलाई टुक्य्राउन खोज्छन् । यस्ता कृतघ्न सन्तान जन्माएँ मैले । अब मचाहिँ कसरी प्रायश्चित गरूँ ?’

Nepal Telecom ad

अन्जु शर्मा :

आमाले भन्नु भयो— पुर्खाले आर्जेको यो भूमिलाई संरक्षण गर्न सन्तान जन्माएकी छु । केही तलवितल त नपर्ला नि नानी ?’

‘खोइ आमा म के भनूँ ? आफैँ हेर्नु न ।’ उसले जवाफ फर्काई ।
आमाले मेचीदेखि कालीसम्म, हिमालदेखि तराईसम्म हेर्नु भयो र सुस्केरा हाल्दै, थप्लोमा हात राखेर मलिन स्वरमा बर्बराउनुभो – “कस्ता पातकी सन्तान जन्माएछु ।’

‘किन के भयो र आमा ?’ उसले सोधी ।
‘के भयो भन्नु नानी ? बरवाद नै भइसकेछ ।’
‘भयो चाहिँ के ? भन्नु न आमा ।’ उसले फेरि खोतली ।

आमाले भन्नुभयो— के भएको रहेनछ र नानी ? कर्मचारी भनाउँदो भ्रष्ट निक्लियो । नेता आफै दलाल भयो । न्यायाधीश तस्कर बचाउने । पुलिस अपराधी जोगाउने । साधु भनेको बलात्कारमा संलग्न हुने । त्यो मास्टर स्कुल कलेजमा राजनीति गराउने । उद्योगपति युवा विदेश पठाएर वृद्धाश्रम अनि स्कुलको सट्टा जेल खोल्ने । तस्कर भएर भाइ, दिदीहरूलाई कोठीमा पुर्‍याउने । योभन्दा बढी के हुनु पर्‍यो र ?

‘तिनलाई कानुनको दायरामा ल्याउनु पर्छ नि आमा’ ऊ भन्दै थिई ।
‘नाप्यौ ! सबै सन्तान झगडालु भए । मैलाई टुक्य्राउन खोज्छन् । यस्ता कृतघ्न सन्तान जन्माएँ मैले । अब मचाहिँ कसरी प्रायश्चित गरूँ ?’

०००
रातोपुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x