साइबर अपराध सम्बन्धी सचेतना सामग्री

“बा” काव्यांश- १३

नौलो भो मनभावना विरहले नैराश्य अग्लो भयो । जम्मै त्याग गरूँ भनी हृदयले वैराग्य रोज्दै गयो ।। झन् रुन्छिन् गृहिणी भरी सलिलले भिज्छ्न् परेलीहरू। यो टन्टा कति झेल्न सक्छ बबुरो ? तड्पेर आफैँ अरू ।।

Nepal Telecom ad

दीनानाथ पाेखरेल :

मान्छे जाल र झेलमा लहसियो आफ्नो पराई बनी ।
दैवी तथ्य अनेक छन् विसमता हेरे छ छ्याङ्गै पनि ।।
नामी व्यक्ति म भन्दछन् भ्रम परी निर्लज्ज हासून् नर ।
दैवी शक्ति सही नियाल्न भवमा मान्छे कहाँ सक्छ र ? १०५।।

फर्केको घर घाटमा विधि सकी तर्सेर भाग्छन् पर ।
बोल्ने चाल र खानपान सबमा छन् भिन्नताका दर।।
हाँस्दै हुन् शिशु दुख्छ वक्ष बहुतै बाबा भुलेका किन?
रोऊन् तापनि शान्ति छैन दिलमा चिन्ता लिएका किन ?१०६।।

आफ्ना इष्ट र मित्रका जति दिऊँ छन् प्रश्नका उत्तर ।
घाँटी दुख्दछ पोख्न सत्य सब यो चस्कन्छ ज्यादै उर।।
बड्छन् चेत दुखाउँदै सब कुरा सम्झेर दैनन्दिन ।
आऊन्नौ किन फेरि यो अवनिमा ? आफैँ उदाई भन ।।१०७।।

बित्छन् बार र मास वर्ष जसरी बित्दैन मेरो दिन ।
निद्रा भोक गुमी गयो पर भयो चिन्ता जमेका किन ?
मात्रै खिन्न छ चेतमा हरघडी नैराश्यको छाल छ ।
जम्मै यो घरको खुसी पर हुँदा बेहालबेहाल छ ।।१०८।।

झूटो के छ सही ? चिनेन दृगले गुम्दै विवेकीपना ।
छन् चीत्कार कडा बढी छटपटी छन् लुप्त झन् सम्झना ।।
आई मानव प्रेमले हृदयको झङ्कार खोले पनि ।
मात्रै ताप तनाव घोच्दछ हियो हाँसेर बोले पनि ।।१०९।।

यस्ता शोक अनेक झेल्दछु कडा लाग्थ्यो नपर्दा तक ।
पर्दा होस गुम्यो छ बज्र शिरमा चुस्दो छ रम्ने हक ।।
हुन्थ्यो भेट भने म जान्छु अहिले संसार धाईकन ।
बाबा दृष्टि भए खुली पथ दिनोस् सङ्लो उदाईकन ११०।।

लौ फर्कन्छु घरै भनीकन बुबा अड्डी कसून् तापनि ।
पापी काल दिँदैन चल्न कि कतै छेकेर राख्ला भनी ।।
चिन्ता छन् अति दुख्छ माथ पनि यो सम्झेर बाबा गुण ।
जस्तै मूल्य परोस् म भेट्दछु हुने धिक्कार ! मेरो प्रण ।।१११।।

घाटबाट फर्केपछि

घेराबार गरी यता बस भनी बेग्लै व्यवस्था भयो ।
चोखो बस्नुछ नित्य ख्याल यति होस् बस्ने थलो खुम्चियो।।
खाना खान र बोल्न छन् नियम जो पालेर बस्दा भयो ।
हिँड्दामा पनि छोइछाइ नरहोस् उर्दी सबैको छ यो ।।११२।।

खाना बार्नुछ सात्यिकी गुण हुने मात्रै लिनु भोजन।
मिच्ला शीत भनेर ताप रहने छन् खाद्य क्यै योजन ।।
गर्नू स्नान बिहान पण्डितसँगै जानू पँधेरातिर ।
एकै छाक छ खान भोजन भनी आज्ञा मिले आखिर।।११३।।

नौलो भो मनभावना विरहले नैराश्य अग्लो भयो ।
जम्मै त्याग गरूँ भनी हृदयले वैराग्य रोज्दै गयो ।।
झन् रुन्छिन् गृहिणी भरी सलिलले भिज्छ्न् परेलीहरू।
यो टन्टा कति झेल्न सक्छ बबुरो ? तड्पेर आफैँ अरू ।।११४।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x