साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक होनहार पाठकको बकपत्र

रचना अब एउटा लाइक गरेपछि पाठकको पाठकीय जिम्मेवारी सकिने हिसाबमा रचियोस्; कृपया, ध्यान दिनु होला- 'बुक' छाडिएको होइन; किताब छाडियो; 'फेसबुक' छाडिएको छैन ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

तैले दिएको किताब;
तिमीले दिएको किताब;
तपाईले पठाई दिएको किताब;
हजुरले दिएको किताब;
तिनले उपहार दिए झै दिएर
पछि पैसा लिएको किताब;
म आफैले प्रदर्शनीमा गएर
अनेकौ फन्का लगाएर
‘बल्ल भेटियो’ भनेझै गरी
किनेर ल्याएको किताब;
जतन गरेर राखेको छु;
पढ्न भ्याएको छुइनँ
अब गाता हाल्नु पर्ला भनेर सोच्दैछु
फुर्सदमा पढ्नु पर्ला भनेर-
फुर्सद पो कहिले हुन्छ हँ ?

खानु परी गो’
सुत्नु परी गो’
बेलाबेलामा-
ट्वाइलेट जानु पनि परी गो’
बाँकी रहने भनेको-
त्यही जाबो १५- १६ घन्टा न हो;
फेसबुक चलाउनु परि गो’ ।
तपाई बजार जानु हुन्छ ?
तरकारी किन्न पनि जानु हुन्छ ?
गोष्ठी, सेमिनारमा पनि भ्याउनु हुन्छ ?
कसरी भ्याउनु हुन्छ ?
फुर्सद कसरी निकाल्नु हुन्छ हँ ?

एक होनहार पाठकको हिसाबमा
मेरो लेखकहरूलाई आत्मीय सल्लाह छ-
कृपया, महाकाव्य अब फेसबुकमा
ट्याटसको साइज ख्याल गरेर रचना हओस्;
उपन्यास पनि फेसबुकको स्ट्याटस-स्पेस
र, पाठकको फुर्सदलाई ख्याल गरेर लेखियोस्;
लेख लेख्नेहरू
खण्डकाव्य रच्नेहरू
कथा लेख्नेहरू
जेजति हुनुहुन्छ-
सबैले सुन्नुहोला :
रचना अब एउटा लाइक गरेपछि
पाठकको पाठकीय जिम्मेवारी सकिने हिसाबमा रचियोस्;
कृपया, ध्यान दिनु होला-
‘बुक’ छाडिएको होइन;
किताब छाडियो;
‘फेसबुक’ छाडिएको छैन ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आउँछु भन्दाभन्दै

आउँछु भन्दाभन्दै

ईश्वर पाेखरेल
कुखुरो : घडी चरो कि विकासे चरो ?

कुखुरो : घडी चरो...

ईश्वर पाेखरेल
लुङ्गी : न टाँक न इजार

लुङ्गी : न टाँक...

ईश्वर पाेखरेल
भोट

भोट

ईश्वर पाेखरेल
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x