साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म्यारेजमहिमा

तान्यो तुन्यो बल गरेर यता मिलायो उध्रिन्छ उस्तिर मरेर उता सिलायो सिक्वेन्स बन्छ दुइटा तर छैन तेस्रो फालूँ कि झैं अनि त हुन्छ समस्त खेस्रो ।

Nepal Telecom ad

रमेश खकुरेल :

त्यो कालरात्रि त गयो दिन यो उदायो
नेपालको गगन नील बनी सुहायो
जो खेल राष्ट्रिय थियो पपलू हरायो
म्यारेजले जगतमा महिमा जमायो ।

उत्तानिएर टिपलू अलमल्ल पर्थ्यो
चौ चौ गरेर पपलूगण राज्य गर्थ्यो
सिक्वेन्स एक रहँदा पनि काम चल्थ्यो
झिप्लू नगण्य गनिंदा अति दिक्क मान्थ्यो ।

ऐले सफा गगनको छवि झिल्मिलायो
तारा र चन्द्र अनि सूर्य कतै उदायो
सिक्वेन्स एक र दुई अब भाउ छैन
सारा गनिन्छ गण तीन नभै हुँदैन ।

झिप्लूहरू पनि भए अब शक्तिशाली
फुर्ती निकै छ र उनैतिर बज्छ ताली
जो जत्ति जोकर थिए अघि ती छँदैछन्
त्यस्माथि तीन थपिए अनि मात्तिंदैछन् ।

एक्का रहोस् कि त बजीर कि बादशाह
टेर्दैन जोकर अघोषित बादशाह
भैदिन्छ जोकर खुदै पनि बादशाह
यो खेलको छ महिमा अति नै अथाह ।

तान्यो तुन्यो बल गरेर यता मिलायो
उध्रिन्छ उस्तिर मरेर उता सिलायो
सिक्वेन्स बन्छ दुइटा तर छैन तेस्रो
फालूँ कि झैं अनि त हुन्छ समस्त खेस्रो ।

यो माल पर्छ कि भनी डुपली समायो
फुट्टी भसक्क जति बढ्छ बढोस् बढायो
मात्रै भयो छ डुपली अरुले सकायो
पर्दैन माल अनि पन्ध्र बुँदा गनायो ।

अन्धो छ खेल बुझिंदैन भविष्य के छ
अन्दाज मात्र गरिने तल माल के छ
फाल्यो टपक्क अरुले टिपिदिन्छ माल
म्यारेज हुन्छ उसको यसको बिहाल ।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x