साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घ्याम्पे भुँडी त्यो भर

जस्ले देश बनाउने प्रण गरे खेदो तिनैको खन राणाशासनको दिँदै झलक त्यो जङ्गे तिमी नै बन जो छन् सभ्य र दक्ष यो मुलुकका सारा युवा हुन् पर सम्झी देश बिलो भुटीकन फिलो घ्याम्पे भुँडी त्यो भर॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे” :

उद्योगी हुन बाट रोक दुनियाँ लादेर भारी कर
सारा वस्तु विदेशबाट महँगो आयात गर्ने गर
ह्याकुल्लो र फिलो बनाउन बिलो हानेर एकै शर
सम्झी देश बिलो भुटीकन फिलो घ्याम्पे भुँडी त्यो भर॥१

माया नै न त देशको छ जनको छाती छ त्यो जर्जर
राँकेभूत बनेर यो मुलुकमा लौ नाच नाङ्गो गर
आयुर्दा बलियो छ वायुसित पो के मान्दछौ खै डर?
सम्झी देश बिलो भुटीकन फिलो घ्याम्पे भुँडी त्यो भर॥२

लाग्छन् पाद सुँघेर नै पछि यहाँ ती कार्यकर्ताहरू
बन्छन् रक्षक न्यायमूर्ति सहजै बोल्ने यहाँ को अरू?
पैसामा नबिकेर शुद्ध रहने मान्छे यहाँ को छ र?
सम्झी देश बिलो भुटीकन फिलो घ्याम्पे भुँडी त्यो भर॥३

उम्दा वैभवका तथा नगदका भण्डार भित्रै पस
सारा स्रोत अगस्तिले जलधिझैँ सोस्ने गरी साहस
हाली काँध नचाउँछन् र अझ खा भन्छन् यहाँका नर
सम्झी देश बिलो भुटीकन फिलो घ्याम्पे भुँडी त्यो भर॥४

जस्ले देश बनाउने प्रण गरे खेदो तिनैको खन
राणाशासनको दिँदै झलक त्यो जङ्गे तिमी नै बन
जो छन् सभ्य र दक्ष यो मुलुकका सारा युवा हुन् पर
सम्झी देश बिलो भुटीकन फिलो घ्याम्पे भुँडी त्यो भर॥५

०००
चा. ना. पा.३ दुबुलाँपू, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x