साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए हाम्रा नेता हो

हाम्रा नेता दाँत फुस्केका, करौती जस्ता मोदीजीका, लगौटी जस्ता । जहिले पनि उतै शरणम् सत्ता निम्ति चरण परणम् हाम्रा नेता भन्न पनि लाज सरम लाजै पो लाग्न थाल्यो गाँठे ! धत्तेरिका !!

Nepal Telecom ad

ए हाम्रा नेता हो —-
हाम्रा नेता बासी अनि ढुसी पर्‍या लड्डु जस्ता
कुच्चिएर कबाडीलाई दिनुपर्ने भड्डु जस्ता ।
स्याल जस्ता ब्वाँसा जस्ता, मुसा र छुचुन्द्रा जस्ता
नढाँटेर भन्नुपर्दा हाम्रा नेता कस्ता कस्ता ।

ए हाम्रा नेता हो ……..
हाम्रा नेता न त सज्जन न बिचरा पागल जस्ता
श्मशान कुरी बस्ने, अघोरी बाबा जस्ता
कोही अमरिस पुरी जस्ता, कोही गब्बर झै जब्बर
पाँच बर्षमा झुल्केपछि हुन्छन् ती बेखबर ।

ए हाम्रा नेता हो ….
हाम्रा नेता महासयको सोंचै कति अग्लो गाँठे !
स्गरमाथामा नि भ्यू-टावर बनाए हुन्थ्यो गाँठे !
पूर्व पश्चिम हो २, रेल कुँदाउँछन चुनावी भाषणमा
सिङ्गापुरै बनाउँछन् बसी उँचा आसनमा ।

ए हाम्रा नेता हो —
कोहीले भन्छन् हाम्रा नेता साँच्चै गोबर गणेश जस्ता
कोहीले भन्छन् निकम्मा अनि भ्रष्टका नाइके जस्ता ।
देशै खान्छन् हो२ पचाउँछन्, देखेकै हो जानेकै हो
त्यसैले त हाम्रा नेता भनीकन मानेकै हो ।

ए हाम्रा नेता हो …..
ह्याकुला र फिला आफ्नो भूँडीभित्र छिराइ हाल्छ्न्
आन्द्राभूँडी पुच्छर कान कार्यकर्ताको नाम पार्छन् ।
कर्मचारी २ बोंसे आन्द्रो पाएपछि मख्ख पर्छन्
जनतालाइ हेरीहेरी हिं हिं हिं हिं हिं हिं गर्छन् ।

ए हाम्रा नेता हो….
हाम्रा नेता काम नलाग्ने ठाँडा जस्ता,
कोही बिषालु काँडा जस्ता साँच्चै भन्दा घाँडा जस्ता,
कोही नभएका छाडा जस्ता ।
न भ्याकुता न त माछा, बरु चेपागाँडा जस्ता ।

ए हाम्रा नेता हो ……
माखो पनि नमार्नेलाई हैजाले नि किन लान्न !
देशै कङ्गाल पार्नेलाई कालले पनि किन खान्न !
कुकुर जालान् २ बरू काशी अहँ यिनी जाँदै जान्नन्
हयात् अनि सोल्टी होटेल बाहेक अन्त कतै खान्नन् ।

ए हाम्रा नेता हो ——
हाम्रा नेता दाँत फुस्केका, करौती जस्ता
मोदीजीका, लगौटी जस्ता ।
जहिले पनि उतै शरणम्
सत्ता निम्ति चरण परणम्
हाम्रा नेता भन्न पनि लाज सरम
लाजै पो लाग्न थाल्यो गाँठे ! धत्तेरिका !!

०००
२०८०/०१/११
भैरहवा, रूपन्देही
९८६७२९१७४६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x