साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली

सहारा बुझेँ पुत्रपौत्रादिलाई तिनैका लहैमा भएको कमाइ सबै सुम्पिएँ साथमा छैन मोह नथेग्ने भयो प्राणले दुख्छ देह ॥

Nepal Telecom ad

मिलेका सबै दन्तका पङ्क्ति भागे
भताभुङ्ग गाला भए सोच्न लागेँ
हिजोका कुनै जोस छैनन् मभित्र
लथालिङ्ग छन् मासिए दृश्यचित्र ॥१

छ खोकी गलामा सधैँ श्वास रोक्छ
बुढो खोक्छ भन्छन् कता भित्र दुख्छ
भनूँ आज यी वेदना छन् समस्त
निकालिन्छुझैँ लाग्छ बन्दै अशक्त ॥२

जवानी छँदा केस काला मिलेका
थिए आज छैनन् सबै छन् गलेका
तुसारो परेझैँ भए दुःख लाग्छ
सढेको मुढोतुल्य बन्दैछु आज ।३

न खाना मिठो लाग्छ खाइन्न धेर
चपाइन्न सारो कुरा जान्छ खेर
कुनै छेउमा आउँदैनन् बुढाका
झिँगा मित्र छन् साथ बस्ने चनाखा ।४

न छोराबुहारी बुढी साथ बस्छन्
प्रपौत्रादिका चित्त धेरै रुखा छन्
प्रपौत्री कहाँ छन् कुना पस्न थाले
नबोल्नू भनेको छ भन्छन् बुबाले ॥५

सहारा बुझेँ पुत्रपौत्रादिलाई
तिनैका लहैमा भएको कमाइ
सबै सुम्पिएँ साथमा छैन मोह
नथेग्ने भयो प्राणले दुख्छ देह ॥६

सहारा यही एक ओम्कारमात्र
बुझी जप्न थाल्दैछु विश्वासपात्र
तिमी सिन्धुको नाउ हौ ज्ञानखानी
म हूँ नीच माया गरी पार ज्ञानी ॥७

०००
सूर्यविनायक, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
वृद्ध चिन्तन

वृद्ध चिन्तन

हरिप्रसाद रिमाल
देवकोटा स्मृति

देवकोटा स्मृति

हरिप्रसाद रिमाल
चटारो

चटारो

हरिप्रसाद रिमाल
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x